Monday, December 22, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

गढी गाउँपालिकामा किसानहरूलाई उन्नत जातका धान बीउ वितरण

गढी गाउँपालिकामा किसानहरूलाई उन्नत जातका धान बीउ वितरण

by नेपाल टाइमलाइन न्यूज
June 22, 2024
in स्थानीय समाचार
A A
0
गढी गाउँपालिकामा किसानहरूलाई उन्नत जातका धान बीउ वितरण
13
SHARES
Share on FacebookShare on Twitter

इनरूवा । सुनसरीको गढी गाउँपालिका औरावनीमा किसानहरूलाई उन्नत जातका धान बीउ वितरण गरिएको छ। यो वितरण गाउँपालिका अध्यक्ष आशनारायण चौधरी, उपाध्यक्ष अनिता साह, प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर खड्का, कृषि विकास अधिकृत जिन्नी चौधरी, र सहायक कृषि प्राविधिक रेनुका चौधरीको पहलमा सम्पन्न भएको हो।

उन्नत जातका धान बीउ वितरण कार्यक्रम गाउँपालिकाका विभिन्न किसान, सहकारी, कृषि समूह तथा कृषि फर्मलाई लक्षित गरिएको थियो। राम धान, राधा १२ धान, सुवर्णा सव धान, सावा मन्सुली धान लगायतका उन्नत धान बीउहरू ५० प्रतिशत अनुदानमा वितरण गरिएका छन्।

कार्यक्रममा सहभागी भएका किसानहरूले उन्नत जातका धान बीउ पाएपछि आफ्नो कृषि उत्पादनमा वृद्धि हुने आशा व्यक्त गरेका छन्। उनीहरूका अनुसार, यस्ता उन्नत बीउहरू प्रयोग गर्दा उत्पादनमा मात्र नभई गुणस्तरमा पनि सुधार आउनेछ। गाउँपालिकाको यो कदमले किसानहरूको जीवनस्तर उकास्न र आर्थिक उन्नति गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ।

उन्नत जातका धान बीउहरूले प्रति कट्ठा ५ देखि ७ मन सम्म धान उत्पादन हुने देखिएको छ। परम्परागत धान बीउको तुलनामा यी उन्नत बीउहरूले उत्पादकत्वमा उल्लेखनीय वृद्धि ल्याउने भएकोले किसानहरूले आफ्नो मेहनतको उचित प्रतिफल पाउने अपेक्षा राखेका छन्।

गाउँपालिका अध्यक्ष आशनारायण चौधरीले किसानहरूको हितमा यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि जारी राख्ने प्रतिवद्धता जनाए। प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर खड्काले किसानहरूको समृद्धि नै गाउँपालिकाको समृद्धि हो भन्दै कृषि क्षेत्रमा नयाँ प्रविधि र उन्नत जातका बीउहरूको प्रयोगलाई प्रोत्साहन गर्ने बताए।

कृषि विकास अधिकृत जिन्नी चौधरीले किसानहरूलाई कृषि सम्बन्धी नयाँ-नयाँ जानकारी र तालिमहरू प्रदान गरि उनीहरूको क्षमता अभिवृद्धि गर्ने योजनामा गाउँपालिका रहेको जानकारी दिइन्। सहायक कृषि प्राविधिक रेनुका चौधरीले किसानहरूको उत्पादन वृद्धि र गुणस्तर सुधारका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

यो कार्यक्रमले गढी गाउँपालिका क्षेत्रका किसानहरूलाई आत्मनिर्भर बनाउँदै आर्थिक समृद्धि तर्फ अग्रसर गराउने लक्ष्य राखेको छ। उन्नत जातका धान बीउ वितरणको यो पहलले समग्र कृषि क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Previous Post

बक्रईद हर्षाेउल्लासका साथ मनाउदै

Next Post

कोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट , निति तथा कार्यक्रम सार्वजनिक

Next Post
कोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट , निति तथा कार्यक्रम सार्वजनिक

कोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट , निति तथा कार्यक्रम सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

भोक्राहा नरसिंह गाउँपालिकामा राष्ट्रिय गानसँगै सेवा प्रवाह सुरू

भोक्राहा नरसिंह गाउँपालिकामा राष्ट्रिय गानसँगै सेवा प्रवाह सुरू

by नेपाल टाइमलाइन न्यूज
December 20, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana