इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा “एक पालिका, एक हुलाक” अवधारणाअन्तर्गत हुलाक कार्यालयको उद्घाटन सम्पन्न भएको छ।
उद्घाटन समारोहमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले हुलाक सेवाले नागरिकहरूलाई प्रत्यक्ष लाभ पुर्याउने बताउँदै, यसले पत्राचार र सरकारी सेवाहरूलाई सहज बनाउने उल्लेख गर्नुभयो।
कार्यक्रमको अध्यक्षता जिल्ला हुलाक प्रमुख कृष्ण कुमार कार्कीले गर्नुभएको थियो, जहाँ हुलाक सेवाको महत्त्व र यसको प्रभावकारी प्रयोगले ग्रामीण क्षेत्रमा राहत पुर्याउने कुरा उठाइएको थियो। स्थानीय बासिन्दाहरूले सेवा पाउन पाउँदा उत्साह व्यक्त गरेका छन्।