विराटनगर । हरिनगर गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको नेतृत्वमा उपाध्यक्ष रिमझिम कुमारी भगत, प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्य, लेखा शाखा प्रमुख, योजना शाखाका प्रमुख, वडा अध्यक्ष, पालिका सदस्यहरू, कार्यालयका अन्य कर्मचारी, निर्माण कन्स्ट्रक्सनका सञ्चालक, इन्जिनियरहरू र स्थानीय पत्रकारहरूको उपस्थितिमा भवनको अनुगमन सम्पन्न भएको हो।
निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको र निर्धारित समयसीमाभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको जनाइएको छ। अनुगमनका क्रममा पालिकाका पदाधिकारीहरूले भवन निर्माणको गुणस्तर र प्रगतिमा सन्तोष व्यक्त गरेका छन्।
निर्माण सम्पन्न भएपछि गाउँपालिकाको प्रशासनिक कामकाजलाई थप सहज बनाउने उद्देश्यले बनाइएको यो भवन आधुनिक सुविधासम्पन्न हुने अपेक्षा गरिएको छ।