भोक्राहा नरसिंह गाउँपालिकाद्वारा १४९९ औं जन्म जयन्तीको अवसरमा विदा बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरुको प्रमुख पर्व, प्यगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लमको १४९९ औं जन्म जयन्तीको अवसरमा भोक्राहा नरसिंह गाउँपालिकाले २०८१।०५।३१ गते सोमवारका दिन स्थानीय विदा दिने निर्णय गरेको छ।
यस निर्णय अनुसार, उक्त दिन इस कार्यालय, वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्थाहरुमा (अत्यावश्यक सेवा बाहेक) विदा हुनेछ। एक सूचना जारी गर्दे सम्बन्धित सबैलाई सूचित गरिएको छ ।