इनरुवा । सुनसरीको कोशी गाउँपालिका अध्यक्ष साउदी अरबको मक्का मदिना बाट उम्रा गरी फर्किएका पछि ऐयुब अन्सारीलाई कोशी गाउँपालिकाको कार्यालयमा भव्य स्वागत र सम्मान गरिएको छ।
कोशी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, वडाका जनप्रतिनिधिहरू, र सम्पूर्ण कर्मचारीहरूले माला र खादाले स्वागत गरेका थिए।
उम्रा मुस्लिम धर्मावलम्बीहरूको लागि महत्वपूर्ण धार्मिक यात्रा हो, जसमा मक्का र मदिनाको पवित्र स्थानहरूको दर्शन गरिन्छ। हज जस्तै, उम्रालाई पनि इस्लाममा अत्यन्तै पवित्र मानिन्छ। तर उम्रा वर्षको कुनै पनि समयमा गर्न सकिने यात्रा हो।
स्वागत कार्यक्रममा सहभागी सबैले अध्यक्ष अन्सारीको धार्मिक यात्राको प्रशंसा गर्दै आगामी दिनहरूमा उनको नेतृत्वमा गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि शुभकामना व्यक्तग गरे ।