इनरुवा । सुनसरी जिल्ला पूर्व कृषि ज्ञान केन्द्रका प्रमुख नुनु लाल उराँवको नेतृत्वमा भोक्राहा नरसिंह गाउँपालिकामा एक दिने अगुवा किसान संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा किसानहरूलाई रासायनिक मलको सट्टा ओर्गानिक खेतीमा आकर्षित गराउने उद्देश्यले प्रशिक्षण दिइएको थियो।

गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले रासायनिक मल महँगो र स्वास्थ्यका लागि हानिकारक भएकोले ओर्गानिक खेती अपनाउन किसानहरूलाई आग्रह गरे। आफू पनि किसान परिवारको सदस्य भएको उल्लेख गर्दै अध्यक्ष अजादले विगत केही वर्षदेखि ओर्गानिक मल र औषधि प्रयोग गर्दै आएको अनुभव साझा गरे।

कार्यक्रममा किसानहरूलाई रासायनिक मलको प्रभावका कारण हुने विभिन्न रोगहरूबारे सचेत गराइँदै प्राकृतिक कृषि पद्धतिहरूको महत्त्वबारे जानकारी गराइएको थियो।





