इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित आधारभूत तह (कक्षा ६-८) अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा श्री शारदा मावि प्रथम स्थान हासिल गर्न सफल भयो भने द्वितीय स्थान श्री जनता मावि (भोक्राहा नरसिंह-७) ले प्राप्त गर्यो। तृतीय स्थानमा जामिया स्लामिया रहँदा श्री आधारभूत विद्यालयले शान्त्वना स्थान प्राप्त गर्यो।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले विजयी विद्यालयहरूलाई बधाई दिँदै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा ज्ञानको विकास र प्रतिस्पर्धात्मक भावना जागृत गर्न मद्दत पुग्ने बताए। प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालयहरूलाई पनि धन्यवाद ज्ञापन गरिएको थियो।
कार्यक्रमले विद्यार्थीहरूमा शिक्षण-प्रशिक्षणको महत्व उजागर गर्दै भविष्यमा यस्तै रचनात्मक गतिविधिहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएको छ।






