इनरुवा । भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले गाउँपालिकाका खेलाडीहरुलाई जर्सी वितरण गरेका छन्।
अध्यक्ष आजादका अनुसार सुनसरीको सदरमुकाम इनरुवामा पहिलो पटक स्थानीय स्तरको कबड्डी प्रतियोगिता हुन प्रतियोगिता सहभागी हुन लागेको भोक्राहा नरसिंह गाउँपालिका खेलाडीलाई यो प्रतियोगिता स्थानीय खेलकुदको विकासमा महत्वपूर्ण कदम साबित हुनेछ। उनले युवाहरूको उत्साह र सक्रिय सहभागिताले इनरुवा नगरपालिकामा खेलकुदको स्तरलाई माथि पुर्याउने विश्वास व्यक्त गरे।
गाउँपालिका अध्यक्षले सबै खेलाडीलाई जीत र उत्साहको शुभकामना दिएका छन् र प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास पनि व्यक्त गरेका छन्।
यस प्रतियोगिताले स्थानीय खेलकुदको प्रचारप्रसार र युवाहरूको शारीरिक विकासमा योगदान पुर्याउनेछ भन्ने आशा गरिएको छ।





