सुनसरी । सुनसरी जिल्लाको कोशी गाउँपालिकाको वडा नम्बर ८ भण्टाबारीस्थित मदरसा दारुस्सलाममा तीनदिने वार्षिक शैक्षिक, सांस्कृतिक तथा आमसभा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। माघ १२ देखि १४ गतेसम्म सञ्चालन भएको सो कार्यक्रम सोमबार राति समापन भएको हो।
कोशी गाउँपालिका अध्यक्ष, गाउँपालिका राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमका क्रममा मदरसा दारुस्सलाममा अध्ययनरत विद्यार्थीहरूले नज्म, तकरीर तथा कुरआनको तिलावत प्रस्तुत गरेका थिए। उक्त प्रस्तुति शिक्षण र सांस्कृतिक गतिविधिको उत्कृष्ट नमुना भएको आयोजकले बताएका छन्।
समारोहमा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो भने कार्यक्रममा स्थानीय समुदायको उत्साहजनक सहभागिता देखिएको थियो।