Wednesday, February 4, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भोक्राहा नरसिंह गाउँपालिका पृथ्वीनारायण माविमा पक्की भवनको उद्घाटन

गुणस्तरीय शिक्षाका लागि नयाँ भवन: पृथ्वीनारायण माविमा चारकोठे पक्की भवनको उद्घाटन

by नेपाल टाइमलाइन न्यूज
February 21, 2025
in स्थानीय समाचार
A A
0
भोक्राहा नरसिंह गाउँपालिका पृथ्वीनारायण माविमा पक्की भवनको उद्घाटन
15
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । भाेक्राहा नरसिंह गाउँपालिका-४, चिरौलीस्थित पृथ्वीनारायण माध्यमिक विद्यालयमा ‘गुणस्तरीय शिक्षाको सुनिश्चितता, सामुदायिक सहभागिताको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ नव निर्मित चारकोठे पक्की भवनको उद्घाटन गरिएको छ।

विद्यालय प्राङ्गणमा आयोजित विशेष समारोहबीच बिहीबार उक्त भवनको उद्घाटन गरिएको विद्यालयका प्रधानाध्यापक नीर बहादुर कटुवालले जानकारी दिए। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षा क्षेत्रका अगुवा, विद्यालय व्यवस्थापन समिति तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समारोहको अध्यक्षता वडा नम्बर ४ का वडाध्यक्ष हारूण अन्सारीले गरेका थिए भने प्रमुख अतिथि भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद रहेका थिए। कार्यक्रममा शिक्षा समय समिति सुनसरीका प्रमुख खगेन्द्र सुवेदी, उपाध्यक्ष सुनिता उराँव, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारी, नेपाली कांग्रेस भाेक्राहा नरसिंह गाउँ कमिटीका सभापति युवराज दाहाल, जसपा नेपाल भाेक्राहा नरसिंह गाउँ कमिटीका अध्यक्ष महेन्द्र प्रसाद यादव, वडा नम्बर १ का वडाध्यक्ष लक्षमण मेहता, वडा नम्बर २ का अध्यक्ष आलम अन्सारी, वडा नम्बर ३ का अध्यक्ष धिरेन्द्र यादव, वडा नम्बर ४ का वडाध्यक्ष हारूण अन्सारी, स्थानीय युवा नेता पंकज यादव लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रधानाध्यापक कटुवालका अनुसार नव निर्मित भवनको निर्माणले विद्यालयमा भौतिक संरचनाको अभाव न्यूनीकरण गर्दै शिक्षण सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउनेछ। उनले भने, ‘गुणस्तरीय शिक्षामा जोड दिन विद्यालयलाई थप भौतिक पूर्वाधार आवश्यक थियो। नयाँ भवनले विद्यार्थीलाई राम्रो सिकाइ वातावरण प्रदान गर्नेछ।

विद्यालय व्यवस्थापन समितिका अनुसार विद्यालयका संरचनागत सुधारका लागि स्थानीय समुदाय, अभिभावक, शिक्षक तथा सरकारको सहकार्य अपरिहार्य छ। प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले भने, ‘गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।’ उपाध्यक्ष सुनिता उराँवले विद्यालयको विकासका लागि आवश्यक स्रोत साधन उपलब्ध गराउने आश्वासन दिइन्।

वडाध्यक्ष अन्सारीका अनुसार विद्यालयको भौतिक संरचना विस्तार गर्दै विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धि गर्नु प्रमुख उद्देश्य हो। उनले भने, ‘नयाँ भवनले विद्यार्थीलाई सहज र व्यवस्थित अध्ययन वातावरण प्रदान गर्नेछ।

प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अजादले गुणस्तरीय शिक्षा प्रदान गर्न पूर्वाधार विकासमा निरन्तर जोड दिनुपर्नेमा ध्यानाकर्षण गराए। उनले भने, ‘समुदायको संलग्नता र स्थानीय सरकारको पहलबाट मात्र शिक्षाको स्तर उकास्न सकिन्छ।

विद्यालय व्यवस्थापन समितिले आगामी दिनमा पुस्तकालय, कम्प्युटर ल्याब र विज्ञान प्रयोगशाला निर्माण गर्ने योजना बनाएको छ। यसका लागि गाउँपालिका तथा अन्य सरोकारवाला निकायहरूसँग समन्वय भइरहेको विद्यालय स्रोतले जनाएको छ।

समारोहमा विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै उत्साहजनक वातावरण सिर्जना गरेका थिए। स्थानीय अभिभावकहरूले विद्यालयमा थप संरचना निर्माण हुनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।

समुद्घाटन समारोहपछि विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूबीच शिक्षा सुधार तथा विद्यालय विकासका विविध पक्षबारे छलफल समेत गरिएको थियो।

 

Previous Post

मुकुमलुङ संरक्षण पदयात्रा सुरू, सरकारद्वारा सुरक्षा व्यवस्था कडा

Next Post

महाकुम्भबाट फर्किने क्रममा गाडी दुर्घटना, चार नेपाली तिर्थयात्रीको मृत्यु

Next Post
नेशनल एकेडेमी कलेजको बसको ठक्करबाट एक जनाको मृत्यु

महाकुम्भबाट फर्किने क्रममा गाडी दुर्घटना, चार नेपाली तिर्थयात्रीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana