रविन्द्र यादव ÷भोक्राहा
वैशाख ६ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा तीन दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । सोमबारबाट भोक्राहा नरसिंहमा एसएमएनएच रोडम्याप २०३० गर्भावस्थादेखी सुत्केरी अवस्था सम्म सेवा निरन्तरताको लागि सेवा प्रदायकहरुलाई अभिमुखिकरण कार्यक्रम सुरु भएको हो । कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका भरीका सहभागीहरुलाई अभिमुखिकरण गरिरहेको जनाएको छ । कार्यक्रममा गर्भावस्थादेखी सुत्केरी अवस्थासम्मको सेवा निरन्तरताको लागि सेवा प्रदायकहरुलाई अभिमुखिकरण गर्दै सेवालाई थप प्रभावकारी बनाउने र सरकारी लक्ष्य पुरा गर्न योगदान गर्ने गरि तीन दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको स्वास्थ्य शाखा प्रमुख आलम अंसारीले जानकारी दिनुभयो ।





