Friday, February 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

नेपाली गजलकार न्यौपानेलाई इनरुवामा सम्मान

नेपाली गजलकार न्यौपानेलाई इनरुवामा सम्मान

by नेपाल टाइमलाइन न्यूज
July 15, 2022
in मनाेरञ्जन, मुख्य खबर
A A
0
नेपाली गजलकार न्यौपानेलाई इनरुवामा सम्मान
13
SHARES
Share on FacebookShare on Twitter


इनरुवा, असार ३१ गते । नेपाली गजलकार डा.घनश्याम न्यौपने ‘परिश्रमी’लाई शुक्रबार सुनसरी सदरमुकाम इनरुवामा साहित्कारहरुले सम्मान गरेका छन् । नेपाली गजलक्षेत्रमा महत्वपूर्ण योगादन गर्नुभएको भन्दै सृजनामा इनरुवा, महानन्द साहित्य प्रतिष्ठान र सप्तरंगी समाजले एक कार्यक्रमका बीच सम्मान गरेका हुन् । वि.स.२०१५ सालमा जन्मनुभएका न्यौपानेले नेपालीमा एमए व्याकरणमा आचार्य र गजलमा विद्यावारिधी गनुभएकोले उपमना ‘परिश्रमी’ राख्नुभएको भन्दै सम्मान गरेको साहित्यकार रमेन्द्र कोईरालाले जानकारी दिनुभयो । नेपाली समालोचक एकाङ्कीकार, कवि, कथाकार, निबन्धकार र गीतकार व्यक्तित्वका रूपमा पनि परिचित न्यौपानेलाई सम्मान गर्न पाउदाँ आफूहरुलाई खुसी लागेको पूर्व पूधानाध्याक पुरुषोतम घिमिरेले बताउनुभयो । सम्मान गछि ‘परिश्रमी’ले हालसम्ममा आफ्ना एक दर्जन जति कृति प्रकाशन गरिसकेको र सम्मान पनि सय बढी पाएकोमा इनरुवाको साहित्यभुमीमा सम्मानित हुन पाउदाँ र पाईला टेक्न पाउदाँ खुसी लागेको बताउनुभयो । उहाँले आफ्नो अन्त्यमा (खण्डकाब्य २०३६), यौ मौसम (गजलसङ्ग्रह २०५०), घामको छहारीमा (गजसङ्ग्रह २०५३), साहित्य सन्दर्भ (समालोचना सङ्ग्रह २०५५), जुनुमामा (संयुक्त बालगजल सङ्ग्रह २०६०), जून चूहेको रात (गजल सङ्ग्रह २०६०), राम्रा चाचा मीठा पापा (बाल गजलसङ्ग्रह २०६३), गजल भूमिकावली (२०६३, गजलकृतिहरूको भूमिका), गजल सौन्दर्य भीमांसा (गजल सिद्धान्त २०६४) सहित रहेको बताउनुभयो ।
गजल सिद्धान्तलाई अनुसरण गर्ने ‘परिश्रमी’ले बहरमा गजल रचना गरेको र अरुलाई पनि सोही प्रेरणा दिदै हिडेको बताउनुभयो । फारसी बहरको मात्रै पछि नलागी उहाँले लोकलय एवं स्वनिर्मित लयलाई पनि स्थान दिएको बताउनुभयो । नेपाली माटोलाई सुहाउने गरी गजल लेख्ने आफू न्यौपानेबाट उपमा ‘परिश्रमी’ भएको र प्रगतिशील, मानवतावादी, यथार्थवादी, गजलकारको रुपमा रहेको बताउनुहुदै आफ्नो गजलमा सुख, दुःखका यथार्थ अनुभूति व्यक्त हुनुका साथै सामाजिकता समसामयिकता, दार्शनिक चिन्तन, राष्ट्रियता, रुढीवादप्रति आलोचनाको साथै शृङ्गारिकताको भाव अभिव्यक्त भएको बताउनुभयो ।
सम्मान कार्यक्रम तथा साहित्य कार्यक्रम सुनसरीको सदरमुकाम इनरुवामा महानन्द साहित्य प्रतिष्ठान, सप्तरंगी साहित्य समाज र सिर्जनामा इनरुवाको संयुक्त आयोजनामा सम्पन्न गरेको साहित्यकार सुविद गुरागाईले बताउनुभयो ।
कार्यक्रममा साहित्यकार डम्बरुबल्भ भण्डारी, पुरुषोतम घिमिरे, रमेन्द्र कोईराला, किसोर कोईराला, राधा सुवेदी, टिका सिवाकोटी, कान्ता पोखरेल भट्टराई, नविन गडतौल, जयकृष्ण यादव सहितको साहित्य प्रस्तुती रहेको थियो । कार्यक्रम सृजनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
१, सुनसरीको इनरुवामा नेपाली गजलकार डा.घनश्याम न्यौपने ‘परिश्रमी’ सहितको साहित्यकारहरु । तस्विर ः जयकृष्ण यादव । इनरुवा

 

Previous Post

सार्वजनिक सम्पतीमा गिद्धे नजर लगाई अन्याय गरेको आरोप

Next Post

मैथिली कला र साहित्यमा जोड

Next Post
अपन स्वर्ग नेपाल कला सांस्कृति  प्रालिको आयोजनामा साहित्य कार्यक्रम

मैथिली कला र साहित्यमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana