काठमाडौं, साउन ५ गते । संसदीय छानबिन समितिले बोलाएपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बिहीबार बिहान समितिसमक्ष बयान दिनुभएको छ ।
अर्थ मन्त्रालयले तयारी गरेको बजेटको अन्तिम चरणमा अनाधिकृत व्यक्तिको प्रवेश गरेर बजेट हेरफेर गरेको आरोप लागेपछि उहाँ माथि छानबिन सुरु भएको छ ।
समितिलाई बयन दिने क्रममा शर्माले अनाधिकृत व्यक्तिको प्रवेश अर्थ मन्त्रालयमा नभएको जिकिर गर्नुभएको छ ।
चौतर्फी विरोधपछि अर्थमन्त्री शर्माले राजिनामा दिनुभएको थियो ।
सिसीटिभीको फुटेज डिलिट भएको पाइएपछि डिलिट भएका फुटेजलाई रिकभर गरेर हेर्न समय लाग्ने भन्दै समितिले थप एक साता समय माग गरेको थियो ।
समितिले विभिन्न चरणमा थप छानविन प्रक्रिया अघि बढाएको जनाएको छ ।




