सुनसरी । सुनसरी जिल्लामा तस्करी भइरहेकाे ३४ वटा चाैपाया प्रहरीले नियन्त्रणमा लिएकाे छ । नेपाल-भारत बाेर्डर उल्टी र बसन्तपुर नाका हुँदै नेपालबाट भारत तर्फ अवैध रूपमा लैजाने गरेको अवस्थामा प्रहरीले चाैपाया नियन्त्रणमा लिएकाे हाे।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरी बाट खटिएकाे संयुक्त प्रहरीकाे टाेलिले सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिका वडा- ८ बाट तस्करीकाे चाैपाया नियन्त्रणमा लिएकाे जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक तथा प्रवक्ता नरेन्द्र कुमार कार्कीका अनुसार नेपाल प्रहरीकाे टाेलि देख्नासाथ तस्करहरूकाे टाेलि फरार भएकाे थियाे। उनीहरुको खोजी भइ रहेको बताउनुभयो ।
प्रहरी उपरीक्षक कार्कीले नियन्त्रणमा लिइएका पशु चाैपायालाइ आवश्यक कार्वाहीको लागि सेतुबन्धु भन्सार कार्यालय कोशीव्यारेजमा बुझाईएको बताउनुभयो । उनले नेपालबाट भारत तर्फ लैजादै गरेका ३० वटा गाई र ४ वटा गोरु गरि जम्मा ३४ वटा चाैपाया पक्राउ गरेको बताउनुभयो ।
उक्त पशु चौपायाको भन्सार मुल्यांकन २ लाख ९५ हजार रहेको छ । नियन्त्रणमा लिइएकाे चाैपायाहरूकाे लिलामीकाे प्रक्रिया अघि बढाइएकाे प्रहरीले जनाएकाे छ।





