Thursday, February 19, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

भारत नेपाल सम्बन्ध प्रगाढ ः कार्की

भारत नेपाल सम्बन्ध प्रगाढ ः कार्की

by नेपाल टाइमलाइन न्यूज
August 27, 2022
in मुख्य खबर
A A
0
भारत नेपाल सम्बन्ध प्रगाढ ः कार्की
14
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ ११ गते । संघीय सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल भारत सम्बन्ध २००७ साल यता प्रगाढ रहेको बताउनुभएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीमा महेन्द्र माध्यमिक विद्यालयको नेपाल भारत मैत्री भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री कार्कीले असल छिमेकी मित्र राष्टको हिसावले नेपाललाई सहयोग गर्दै आएकाले दुई देश बीचमा सम्बन्ध प्रगाढ रहेको बताउनुभयो ।
नेपालका लागि भारीय राजदुत श्रीवास्तवलाई आफ्नो क्षेत्रमा आएकोमा स्वागत गर्नुहुदै दुई देशको बीचको सम्बन्धमा थप उचाई ल्याउनुपर्नेमा जोड दिनुभयो । वहाँले भारत सरकारले शिक्षा, स्वास्थ्य, सडक, पर्यटन, भौतिक पूर्वाधार र मानविय स्रोतमा समेत सहयोग गर्दै आएको बताउनुभयो ।
वहाँले भारतीय पर्यटकलाई भित्रियाउने सम्भावना उच्च रहेकाले बराहक्षेत्र , रामधुनी, पिण्डेश्वर , दन्तकालि सहितको क्षेत्रको प्रचारप्रसार गर्न जरुरी रहेको बताउनुभयो । वहाँले दुवै देशलाई जोड्नका लागि श्रीवास्तवले यस क्षेत्रमा पाईला टेक्नुभएको विश्वास व्यक्त गर्नुभयो ।
वहाँले दुवै देशको सहकार्यमा विकास गर्नुपर्ने र भारतबाट आर्थिक लाभ लिनका लागि यसप्रकारको कार्यक्रम सार्थक भएको बताउनुभयो ।
वहाँले नेपाललाई भारत सरकारले प्रत्येक वर्ष १० अर्व रुपियाँ बराबरको आर्थिक सहायता उपलब्ध गराएको स्मरण गराउनुहुदै पच्छिलो एक दशकमा ६० अर्व रुपियाँ बराबरको विकास र आर्थिक सहायता उपलब्ध गराएको बताउनुभयो । वहाँले नेपालको विकासका लागि भारत सरकारले शिक्षामा विद्यालय भवन, स्कूल बस , स्वास्थ्य क्षेत्रमा अस्पताल निर्माण र एम्बुलेन्स सहितका धेरै सहयोग प्रदान गरेको बताउनुभयो ।
विगतको अवस्था स्मरण गराउनुहुदै मन्त्री कार्कीले पच्छिलो एक दशकमा भौतिक पूर्वाधारदेखी सडक, सिचाई, पुल, रेगमार्गसम्ममा सहयोग प्राप्त भएको बताउनुभयो । वहाँले नेपालको विकासमा सहयोग र सदभाव राख्ने काम गरेकाले असल छिमेकीका रुपमा भारतलाई लिएको बताउनुभयो । वहाँले भारत सरकारले प्रत्येक वर्ष आफ्नो बजेटमा प्राथमिकता साथ राखेर सहयोग गर्दै आएको बताउनुभयो ।
नेपालको व्यवपार घाटालाई कम गर्नका लागि जलस्रोतको विकास गर्न जरुरी रहेको बताउनुभयो । वहाँले यसको उदाहरणको रुपमा ३६५ मेगा वाड विद्युत भारतलाई विक्रि गरेको रहेको बताउनुभयो ।
वहाँले नेपाल भारत सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि धार्मिक पर्यटनलाई जोड्न आवश्यक रहेको बताउनुभयो । वहाँले जैविक विविधालाई समय सापेक्ष बनाई कृषिमा आधुनिकिरण, यान्त्रिकिकरण र व्यवसायिकरण गर्नुपर्ने दिसामा सरकार अगाडि बढेको बताउनुभयो ।


नेपाल भारत बीचको विगतदेखीको सम्बन्ध थप प्रगाढ बनाउनका लागि शिक्षा, सडक, रेलमार्ग, संचार, कृषि, विधुत र स्वास्थ्य क्षेत्रमा दिदै आएको सहयोगलाई निरन्तरता दिन आग्रह गर्नुभयो । सभ्यता, संस्कार र संस्कृति समेत नेपाल र भारतको बीचमा एउटै रहेकाले यसले पनि दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाएको बताउनुभयो ।
नेपाल भारत मैत्री भवनको उद्घाटन समारोहमा भारतीय राजदुतावास नविन श्रीवास्तव र मन्त्री ज्ञानेन्द्र बाहदुर कार्कीले नेपाल भारत मैत्रीपूर्ण सम्बन्धलाई थप उचाईमा लाने बताउनुभयो । यहाँ दुई करोड २१ लाख रुपियाँ लागतमा १६ कोठा भवनको उद्घघाटन कार्यक्रम सम्पन्न भएको महेन्द्र माध्यमिक विद्यालयले जनाएको छ ।
कार्कीले समृद्ध नेपाल र विकासका लागि असल छिमेकीको रूपमा भारत सरकार रहेकोे बताउनुभयो । मन्त्री कार्कीले राजदुत नवीन श्रीवास्तवलाई मन्त्रीको हैसियतले नेपाल सरकारको तर्फबाट र आफ्नो सुनसरी क्षेत्र नम्बर ४ को तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


उद्घाटन समारोह कार्यक्रम जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो । मेहताले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाल भारत मैत्रीपुर्ण भवनको उद्घाटन मन्त्री र राजदुतको बीचमा गरेको हेर्न पाउदाँ खुसीको अनुभुती भएको बताउनुभयो ।

Previous Post

नेपाल भारत मैत्रीपुर्ण भवनको उद्घाटन सम्पन्न भएको छ  

Next Post

वंदन तथा संस्कृति अभिनन्दन कार्यक्रम सम्पन्न

Next Post
वंदन तथा संस्कृति अभिनन्दन कार्यक्रम सम्पन्न

वंदन तथा संस्कृति अभिनन्दन कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana