सुनसरी जिल्लाको सदरमुकाम इनरुवा ९ बबियामा रहेको सरस्वती माविको विधालय व्यवस्थापन समितिको निर्वाचनमा पहिलो चरणका चार सदस्य मध्ये एक जयकृष्ण यादवले अत्याधिक मत सहित निर्वाचित हुनुभएकोले वहाँलाई बधाई तथा सम्मान गरिएको छ । इनरुवा ५ को सूर्य किरण एकेडेमीमा प्लसटु तर्फका कक्षामा अध्यापनरत समेत रहनुभएका जयकृष्ण यादवलाई एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरिएको हो । एकेडेमीले सरस्वती माध्यमिक बिद्यालय बबियाको सम्पन्न्न पहिलो चरणको निर्वाचनमा बिद्यालय ब्यावस्थापन समितिको सदस्यमा भारी मतले निर्वाचित हुनुभएकोमा हर्दिक बधाई तथा सफल कर्यकालको शुभकामना सहित सम्मान गरेको सूर्य किरण एकेडेमीका प्रिन्सिपल मनोज कुमार यादवले जानकारी दिनुभयो । एकेडेमी परीवारका तर्फबाट शिक्षक र विधार्थीहरुको उपस्थितीमा बधाई तथा सम्मान गरेको थियो ।

सरस्वती मावि बबियामा विद्यालय व्यवस्थापन समिति सदस्यहरुमा जयकृष्ण यादवले टेलिफोनमा १५२ मत ल्याएर विजयी हुनुभएको छ भने यदुनन्दन यादवले टुबेलमा १०७ मत सहित बिजयी भएका छन् । पुरुष सदस्यमा दिपनारायण मेहता रेडियोमाः ६०, ग्यासुदिन्न मंसिर टेबलमा ७६, बलराम यादवले घडीमा ८४ मत, बिनोद कुमार मेहताले कायोमा ३०, रमेश यादव किताबमा ४७, लक्ष्मण यादबले चस्मामा ३०, हदिस आलमले पंखामा ७९ मत ल्याएर पराजित भएका छन् ।
महिला सदस्यको रुपमा मिना यादव दियोमा १२८ मत ल्याएर विजयी हुनुभएको छ अर्को महिला सदस्यमा लहरी शर्मा फुटबलमा ११४ मत ल्याएर बिजयी भएको छ । अरु चुनाव चिह्न बाल्टिनमा ८०, घरमा १०७,खुर्सीमा ४३, ग्लास ८०, बती २० र टोपीमा ८१ मत सहित पराजित भएका छन् ।





