Sunday, February 15, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

साहत्यिकार तथा शिक्षक सिलवालको भव्य जन्मोत्सव

साहत्यिकार तथा शिक्षक सिलवालको भव्य जन्मोत्सव

by नेपाल टाइमलाइन न्यूज
September 10, 2022
in मुख्य खबर, स्थानीय समाचार
A A
0
साहत्यिकार तथा शिक्षक सिलवालको भव्य जन्मोत्सव
11
SHARES
Share on FacebookShare on Twitter

 

पछिल्लो समय जन्मदिन भन्नाले केक काट्ने, साथिहरुसंग साझँमा होटले शुभकामना आदान प्रदान गर्ने, पार्टी दिने, नाचगान गर्ने अनि गिफ्ट प्राप्त गर्ने भन्ने कुरा बुझिन्छ तर यो धारणा गलत हो । जन्म दिनमा केक काट्नु नराम्रो मानिँदैन तर केकमा राखिएको बत्ति निभाएर केक काट्ने परम्परा बन्दै आएको छ, कार्यक्रममा बत्ति निभाउनु अशुभ मानिन्छ ।
यसै कुरालाई ध्यानमा राखेर सुनसरी सदरमुकाम इनरुवाका साहित्यकारहरुले मौकिल रुपमा जन्मोत्सव बनाउन थालेका छन् । सृजनामा इनरुवा नामक संस्थाले आफ्ना सदस्यहरु तथा साहित्यकारहरुको जन्म दिनको अवसरमा साहित्य कार्यक्रम गरेर मनाउन थाली गरेको छ । सृजनामा इनरुवाका अध्यक्ष लिलानाथ सिलवालको पनी जन्मदिनमा सनिबार वहाँको निबासमै साहित्यकारहरु भेला भई शुभकमना दिनुहुदै माला, खादाँ र अबिर लगाएर जन्म दिनको शुभकामना तथा बधाई दिनुभयो ।
सपरिबारका साथमा सिलवाललाई ‘सिर्जनामा इनरुवा’ साहित्यिक कार्यक्रमका गर्दै शुभकामना दिनुभएको हो । इनरुवाका साहित्यकार र पत्रकारहरूको रचना, विचार र कला प्रस्तुत गर्ने थलोको रुपमा रहेको सिर्जनामा इनरुवाका सदस्यहरुले सिलवालको जन्म दिन गीत, गजल, कविता सहित रचना बाचन गरेर मनाएको थियो ।
सम्पन्न कार्यक्रममा कलाकार तथा पत्रकार र साहित्यमा रुचि राख्ने २५ बढी सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा साहित्यकार यसोदा अधिकारी, प्रमुख अथिति पुरुषोत्म घिमिरे, निरज कोईराला, रंगलाल भट्टराई, द्धारिका प्रसाद पौडेल, किसोर कोईराला, सागर तिमिल्सीना, जयकृष्ण यादव, डम्बरुबल्भ भण्डारी, रमेन्द्र कोईराला, राधा सुवेदी, गीता बस्नेत, कमल निरौला, इन्द्रप्रसाद दाहाल, नरायाण प्रसाद पोखरेल, फडिन्द्र प्रसाद भट्टराई, पत्रकार गणेश कुमार यादव, सिलवालका बुवा खेमराज सिलवाल, नागेश्वर सिलवाल सहितको उपस्थिती रहको थियो । साहित्य कार्यक्रम सिजर्नामा इनरुवाका उपाध्यक्ष बिमला पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन रमेन्द्रमुनी कोईरालाले गर्नुभएको थियो ।
वक्ताहरुले आफूभन्दा ठूलाको आशिर्वाद मानिसको जीवनमा आफूभन्दा ठूलाको आशिर्वादको ठूलो महत्व राखेको हुन्छ । त्यसैले जन्मोत्सवमा आफूभन्दा ठूलाको आशिर्वाद लिनु राम्रो हुन्छ । सोही कुरालाई ध्यानमा राखेर सिलवालले जन्मोत्सवमा आफूभन्दा ठूलाको सद्भाव, प्रेम र मार्गदर्शन प्राप्त गर्न जन्मोत्सव कार्यक्रम भएको बताउनुभयो । वहाँले यसप्रकारका कार्यक्रमले आफूमा मनोवल थप हुने तथा उत्प्रेरण थपिने भएको बताउनुभयो ।
साहित्यकार तथा प्रमुख अथिति पुरुषोत्म घिमिरेले केक काट्ने, साथीभाईहरु जम्मा गरेर फजुल खर्च गर्ने प्रवृत्तिको अन्त्य गरी परिवारमा साथीहरुका बीचमा रचना बाचन तथा रचना पाठ गरेकाले उत्साह मिलेको बताउनुभयो । वहाँले साहित्यकारलाई हौसला प्रदान गर्ने उद्देश्यले उक्त कार्य गरेको भण्डारीले बताउनुभयो ।
भण्डारी भन्नुहुन्छ ‘आफ्नो सबै खुसीमा आफु मात्र खुसी हुनु जीवन सफल हुनु होईन, आफ्नो थोरै खुसी बांडेर अरुलाई पनि खुसी बनाउनु नै जीवनको सफलता हो’ ।
उहाँले जन्म दिनमा अनावश्यक खर्च नगरी यस्तै कार्यक्रम वा वृद्धाश्रम, वालआश्रम, गरिव, भोका नाङ्गा आदीलाई साहारा दिन सबैलाई आग्रह गर्दै आगामि दिनमा पनि यस्तै कार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।

 

Previous Post

पाँचौं करम पूर्व सन्ध्या कार्यक्रम सम्पन्न

Next Post

बिशिष्ठ ब्यक्तिको सुरक्षा तालिम उदघाटन 

Next Post
बिशिष्ठ ब्यक्तिको सुरक्षा तालिम उदघाटन 

बिशिष्ठ ब्यक्तिको सुरक्षा तालिम उदघाटन 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana