काठमाडौँ । भोलि हुने संसदीय समितिको सभापति निर्वाचनका लागि उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । यसै क्रममा कृषि तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणा देउवाले उम्मेदवारी दर्ता गरेकी छन्
त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रामहरि खतिवडाले पनि आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खानको उम्मेदवारी दर्ता भएको छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जसपाका राजकिशोर यादवको उम्मेदवारी दर्ता भएको छ ।त्यसैगरी अर्थ समितिमा नेपाली कांग्रेसका सन्तोष चालिसेको उम्मेदवारी दर्ता भएको छ ।





