सप्तरी । सप्तरीको छिनमस्ता गाउँपालिकामा बाल संरक्षण समितिका सदस्य, पदाधिकारीहरु तथा वडाका जनप्रतिनिधिहरुलाई क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ घटना व्यवस्थापन सम्बनधी दुई दिने तालिम दिइयो । छिनमस्ता गाउँपालिकाका सबै वडाका बाल संरक्षण समितिका सदस्यहरुका लागि घटना व्यवस्थापन सम्बन्धी दुई दिने तालिममा समितिका सदस्यहरु तथा वडा अध्यक्षहरुको सहभागिता रहयो । यस कार्यक्रमको आयोजक सेभ द सप्तरी, सहयोग सेभ द चिल्ड्रेन रहेको थियो । संस्थाका चम्पालाल शर्माले तालिमलाई परिचयबाट सुरु गरि पहिलो दिन विहान ११ ः ३० बजेदेखी दिउसो ४ः४० बजेसम्म र दोस्रो दिन विहान ०७ बजेदेखी दिनको ११ ः०० सम्पन्प गरियो ।
कार्यक्रममा प्रशिक्षक जयकृष्ण यादवले सहजिकरण गरे । छिनमस्ता गाउँपालिका १ को श्री आधारभुत विधालय बरहि विरपुरमा दुई दिने तालिममा घटना व्यवस्थापन सम्बन्धी परिचय, समुदाय र समितिको भुमिका, आवश्यकता,चरणहरु, परिचालन सहितको विषयमा प्रशिक्षण दिईयो । गाउँपालिका, वडा स्तरमा घटना व्यवस्थापन प्रक्रिया तथा सिफारिस संयन्त्र स्थापनामा सहयोग र समुदायमा आधारित बाल संरक्षण प्रणाली सुदृढ तथा थप सक्रियतामा टेवा पुर्याउने तालिमले कार्य गरेको छ । तालिममा बाल संरक्षण सम्बन्धी राष्ट्रिय स्तरमा भएका व्यवहार, बाल विवाह अन्त्यका लागी बनाएका रणनीति, बाल संरक्षण प्रणालीको लागी स्थानीय तहमा गरिनुपर्ने आवश्यकता, पालिका, वडामा गठन गरिने बाल अधिकार समितिको गठन प्रक्रिया, घटनाहरूको नाक्साङ्क लगायत बिभित विषय बस्तुको बारेमा सहभागीलाई जानकारी दिएको थियो । घटना व्यवस्थापन सम्बन्धी तालिममा घटना व्यवस्थापन प्रक्रिया तथा सिफारिस तालिममा सहभागी भएर धेरै कुराहरू सिक्न र सिकाउन पाइयो
तालिमका सिकेका कुराहरू गाउँपालिका तथा वडामा कार्यान्वयन गर्नको लागी आफूहरू लागी पर्ने सहभागीहरूले बताएका थिए । सामूहिक कृयाकलाप र छलफल, अन्तरकृया, सहित सहजीकरण भएको थियो । कार्यक्रममा छिनमस्ता गाउँपालिकाका वडा अध्यक्षहरु, सदस्यहरु तथा सम्पूणर् वडाका बाल संरक्षण समितिका गरि १५ जनाको सहभागिता रहेको थियो । समापन कार्यक्रममा संस्थाका सत्यनारायण थारु, प्रशिक्षक जयकृष्ण यादव, छिनमस्ता गाउँपालिका १ का वडा अध्यक्ष ललन प्रसाद यादव, छिनमस्ता गाउँपालिका २ का वडा अध्यक्ष सिकेन्द्र कुमार साह, छिनमस्ता गाउँपालिका ५ का वडा अध्यक्ष जयप्रकाश ठाकुर, गाउँपालिका ६ का वडा अध्यक्ष अलेश्व साह, गाउँपालिका ७ का वडा अध्यक्ष अच्छेलाल यादव, सेभ द सप्तरीका चम्पालाल सुतिहार सहितकाले तालिमको उपब्लधीका बारेमा बोल्नुभएको थियो ।





