Friday, March 13, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

कोशीमा थपिए दुई मन्त्री र दुई राज्यमन्त्री

कोशीमा थपिए दुई मन्त्री र दुई राज्यमन्त्री

by नेपाल टाइमलाइन न्यूज
September 25, 2023
in मुख्य खबर
A A
0
कोशीमा थपिए दुई मन्त्री र दुई राज्यमन्त्री
8
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ ।

दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएका मुख्यमन्त्री कार्कीले आज (सोमबार) दुई मन्त्री र दुई राज्यमन्त्री थप गर्नुभयो । नयाँ मन्त्री थप भएसँगै मन्त्रिपरिषद् नौ सदस्यीय भएको छ ।

मुख्यमन्त्री कार्कीले आज बुद्धिकुमार राजभण्डारी र लीलाबल्लभ अधिकारीलाई मन्त्री नियुक्त गर्नुभएको छ भने रामप्रसाद महतो र निरन राईलाई राज्यमन्त्री नियुक्त गर्नुभएको छ ।

मन्त्रिपरिषद् विस्तारसँगै यस अघि खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री रहनुभएका तिलकुमार मेन्याङ्बो(लिम्बू)को जिम्मेवारी परिवर्तन गरी स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

सोमबार नियुक्त लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएको छ भने बुद्धिकुमार राजभण्डारी खानेपानी सिंचाई तथा उर्जा मन्त्री बन्नुभएको छ । यस्तै, रामप्रसाद महतो कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्री बन्नुभएको छ ।

मन्त्रिपरिषद् विस्तारपछि पनि मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी साथमै राख्नुभएको छ ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुको केही बेरपछि प्रदेश प्रमुखको कार्यालयमा शपथ गराउने कार्यक्रम छ ।

सर्वोच्च अदालतले अघिल्लो सरकारको वैधानिकता अन्त्य गरेपछि भदौ २२ गते संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको नेताको हैशियतमा हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सोही दिन उहाँले तीन मन्त्री र एक राज्यमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । उहाँले आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

Previous Post

बचतकर्ता रकम फिर्ता दिन सहकारीद्धारा अनाकानी, बचतकर्ता आन्दोलित

Next Post

नेपाल प्रहरीका ४ सहायक हवलदारसहित २२ प्रहरी सम्पर्कविहीननेपाल प्रहरीका ४ सहायक हवलदारसहित २२ प्रहरी सम्पर्कविहीन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana