देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको उपाध्यक्ष कुमारी बिभा यादवले विद्यालयमा सञ्चालित बालविकासको अनुगमन गरिएको छ ।
देवानगञ्ज – २ स्थित रहेको श्री माध्यमिक विद्यालय देवानगञ्जमा रहेको बालविकासको अनुगमन गरिएको हो ।
सञ्चालित बालविकासको अवस्था सुधार, समस्या समाधान र गुणस्तरीय शिक्षा प्रदान गरिएको वा नगरिएको बारे जानकारी लिन एवं बिद्यार्थीलाई दिईने खाजा पाउने स्थानको सरसफाई, गुणवत्ता अनुगमन गरिएको उपाध्यक्ष यादवले जानकारी दिनुभयो ।
किसान दिवसको अवसरमा बिद्यालय प्राङ्गणमा आयोजना गरिएको एक कार्यक्रमा सहभागी हुन पुगेको उपाध्यक्ष यादवले विद्यालयको अनुगमन समेत गर्नु भएको थियो । बिद्यालयको शिक्षण सिकाइको अवस्था, भोैतिक र प्रसासनिक अवस्थाको बारेमा जानकारी लिँदै कमि भएको पक्षलाई क्रमशः सुधार गर्दै लैजान निर्देशन दिनुभयो।
ब्रहमदेव मेहता सँगको कुराकानीमा उपाध्यक्ष यादवले आफू राजनीतिमा आउनु भन्दा पहिले शिक्षक पेशामै आबद्ध रहेकोले बिद्यालयमा हुने गरेको समस्याहरुको बारेमा अवगत रहेकोले त्यस तर्फ बारम्बार कार्यपालिका बैठकमा आवाज उठाई रहेको बताउनु भयो। शिक्षा क्षेत्रको विकासमा आफु सदैव अग्रसर रहेकोले म बाट हुने सबै खाले सहयोग गर्न तयार रहेको समेत बताएका छन् ।
पालिकाले गरेको शिक्षक सरुवा पछि उक्त बिद्यालयको प्रअको कमाण्ड अरविन्द कर्णले सम्हाले पछि व्यवस्थापकिय पक्षमा सुधार हुँदै गएको देखिन्छ।