Wednesday, February 18, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

जीवन विकास लघुवित्तले शेयर धनीलाई १४ प्रतिशत बोनस शेयर दिने

जीवन विकास लघुवित्तले शेयर धनीलाई १४ प्रतिशत बोनस शेयर दिने

by नेपाल टाइमलाइन न्यूज
January 15, 2024
in मुख्य खबर
A A
0
जीवन विकास लघुवित्तले शेयर धनीलाई १४ प्रतिशत बोनस शेयर दिने
8
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयर धनीलाई १४ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

 

संस्थाको पाँचौं साधारण सभाले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

 

आर्थिक वर्ष २०७९-८० को वितरण योग्य मुनाफाबाट लघुवित्तले १४ प्रतिशत बोनस सेयर पारित गरेको बोनस सेयर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ ।

 

जीवन विकासको चुक्ता पूँजी एक अर्ब १८ करोड २० लाख ३४ हजार २ सय रुपैयाँको १४ प्रतिशत अर्थात १६ करोड ५४ लाख ८४ लाख सात सय बराबरको बोनस शेयर वितरण गर्नेछ ।

 

बोनस सेयर प्रयोजनका लागि ८७ लाख १० हजार ४९८ रुपैयाँ नगद लाभांश दिनेछ । बोनस वितरणपछि संस्थाको चुक्ता पूँजी एक अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ पुगेको छ ।

 

साधारणसभाले अन्य लघुवित्त संस्थासँगको मर्जर र प्राप्तीका लागि आवश्यक कार्य गर्नका लागि सञ्चालन समितिलाई अधिकार दिने निणर्य पनि गरेको छ ।

 

यसैबीच, साधारणसभा उद्घाटन गर्दै सांसद योगेन्द्र मण्डलले लघुवित्तलाई बचाउनुपर्ने अवस्था आएको बताएका छन् । पछिल्लो समयमा लघुवित्तको विरुद्ध विभिन्न अभियान चलिरहेको बताउँदै उनले यस्तो समयमा सदस्य केन्द्रीत सेवा प्रदान गरेर लघुवित्तलाई जोगाउनुपर्ने बताए ।

 

गरिबी न्यूनिकरणका लागि गाउँ तहमा पुगेको लघुवित्तले नागरिकको आर्थिक र सामाजिक हैसियत उकास्नका लागि महत्वपूणर् भूमिका खेलेको बताउँदै उनले पछिल्लो समय गलत हल्ला फैलिएको बताए । गलत हल्लाले देशभरका लघुवित्तहरू प्रभावित भएको उनको भनाई छ । जीवन विकासको संस्थापक समेत रहेका मण्डलले भने‘अहिले लघुवित्तले त्यस्ता भ्रम चिर्नका लागि समुदायसँग निरन्तर जोडिने कार्यक्रमहरू गर्नुपर्छ ।’

 

संस्थाका सञ्चालक समिति सदस्य गोकणर् खतिवडाले जीवन विकासले अघि सारेका योजनाहरूलाई जीवन विकास वादको रुपमा विकास गरेर लैजानुपर्ने बताए। समाज सेवाका रुपमा लघुवित्तले आफ्ना विभिन्न कार्यक्रम सुरु गरेको बताउँदै उनले जीवन विकासले सुरु गरेका कार्यक्रमहरूलाई अभियानको रुपमा अघि बढाउन आग्रह गरे ।

 

लघुवित्तका सञ्चालक सदस्य इन्द्रनारायण देव वैश्यले लघुवित्तले सुरु गरेका राम्रा कार्यलाई अघि बढाउनु पर्ने बताए । समुदाय स्तरमा राम्रो काम गर्दा गर्दै लघुवित्तका बारेमा नकारात्मक प्रचार भइरहेको बताए । लघुवित्तलाई सेवामुखी बनाउनु पर्ने बताउँदै उनले सेवालाई थप प्रभावकारी रुपमा अघि बढाउन आग्रह गरे ।

 

सञ्चालक सदस्य प्रकाशकुमार श्रेष्ठले संस्थाले सामाजिक उत्तरदायित्वसहितको राम्रा कामलाई विस्तार गर्दै लैजानुपर्ने बताए । अर्का सदस्य श्यामचन्द्र खतिवडाले सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित संस्था भएका कारण सेवाको क्षेत्रलाई बढाउन जोड दिए । सामाजिक सेवाको कार्य गर्ने संस्थालाई सबैले सहयोग गर्नुपर्ने उनको भनाई छ ।

 

लघुवित्तको प्रवर्दक संस्था जीवन विकास समाजकी अध्यक्ष रिवोलदेवी मण्डलले लघुवित्तको क्षेत्रमा देखिएको समस्या समाधान गर्न सबै ध्यान दिनुपर्ने बताइन् । समाज र राज्यका निकाय मिलेर अघि बढेमात्रै समुदाय स्तरमा देखिएका समस्या समाधान हुने उनको भनाई छ ।

 

महिला सामुदायिक विकास केन्द्रकी प्रमुख मिरा देवले लघुवित्तले सामाजिक सेवा गर्ने उद्देश्यले काम गरिरहेको आफूले पाएको बताइन् । लघुवित्तका सञ्चालक अशोक सिटौलाले सामाजिक विकासको लक्ष्यसहित अघि बढेको संस्थाले सबैले साथ दिनुपर्ने बताए । सञ्चालक सदस्य सोनिला शाक्यले लघुवित्तले समाजमा राम्रा काम गरेको बताइन् ।

 

जीवन विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष विक्रमराज सुवेदीले विश्वव्यापी आर्थिक मन्दी र समुदायमा बैंक तथा वित्तीय संस्थाहरु विरुद्धको गतिविधिले गर्दा गत वर्ष चुनौतिपूर्ण रुपमा वितेको बताए ।

 

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलका अनुसार २४ जिल्लामा फैलिएको लघुवित्तमा ३ लाख ४ हजार सक्रिय सदस्य छन्। ती सदस्यको १० अर्ब ३ करोड १८ लाख निक्षेप लघुवित्तमा छ । २२ अर्ब ३७ करोड १७ लाख कर्जा प्रवाह गरेको लघुवित्तले आर्थिक वर्ष २०७९-८० मा ३४ करोड २० लाख खुद मुनाफा गरेको उनले जानकारी दिए ।

 

मण्डलले गरिबि रहित नेपालको परिकल्पना सहित लघुवित्तले काम गरिरहेको बताए । समुदाय स्तरमा पुगेका वित्तीयसँगै डिजिटल र सामाजिक सेवाहरू पनि सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।

 

बेरोजगारीको समस्या न्यूनिकरण गर्ने उद्देश्यसहित वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित गरी उद्यमशीलतामा जोड दिएको बताए । पछिल्लो समय लघुवित्त विरोधी अभियानका कारण देखिएको समस्या विस्तारै समाधान हुने क्रममा रहेको उनले बताए ।

श्रोत : आवर बिराटनगर

Previous Post

स्थानीय तहबाटै पुनः श्रमस्वीकृति दिने व्यवस्था मिलाउनुस् : प्रधानमन्त्री

Next Post

उवासंघको बार्षिक सधारण सभा सम्पन्न

Next Post
उवासंघको बार्षिक सधारण सभा सम्पन्न

उवासंघको बार्षिक सधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana