Sunday, November 30, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका प्रधानाध्यापक सहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा

राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका प्रधानाध्यापक सहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा

by नेपाल टाइमलाइन न्यूज
February 28, 2024
in मुख्य खबर
A A
0
राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका प्रधानाध्यापक सहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा
19
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरी कोशी गाउँपालिका १ स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकही सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादव सहित ४ जना बिरुद्ध मङगलबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।

 

प्रधानाध्यापक यादव विरुद्ध ६४ हजार नौ सय रुपैयाँ भ्रष्टार गरेको भन्दै मुद्धा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो । खुला कोटा अन्तर्गत न्यूरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५÷०७६ देखि तीन वर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता सुविधा लिएका शिक्षक बालेश्वर यादव विरुद्ध एक लाख ३० हजार ८४३ रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको उहाँले जानकारी दिनुभयो ।

 

सो समयमा तत्कालीन प्रधानाध्यापक धनीलाल जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादव अध्ययनरत रहेको अवधिमध्ये मिति २०७५ साल असोज देखि २०७६ साल फागुनसम्मको विद्यालय तथा गाउँपालिकाको कार्यालय समेतको फर्जी हाजिरी ३५ दिन र गाउँपालिकाको कार्यालयमा काज कार्यरत रहँदा गयल रहेको अवधि ३७ दिनको ६४ हजार नौ सय रुपैयाँ भुक्तानी दिएको आरोप लागेको छ ।

 

त्यसैगरी भोली यादव प्रधानाध्यापक पदको जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादव मिति २०७७ साल माघदेखि २०७८ साल कात्तिकसम्म ३४ दिन फर्जी हाजिरी गराइ ३३ हजार ६१८ रुपैयाँ तलब भत्ता दिलाएको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख रहेको छ ।

 

यसैगरी, वीरेन्द्रप्रसाद यादव प्रधानाध्यापकको पदमा रहँदा २०७८ मङ्सिरदेखि फागुनसम्मको २२ दिन फर्जी हाजिरी गराएको र मंसिरमा गयल रहेको अवधि दश दिनको गरी ३२ हजार ३२४ रुपैयाँ शिक्षक बालेश्वरलाई गैरकानुनी लाभ दिलाई भुक्तानी दिएको पुष्टि भएको आयोगले जनाएको छ ।

 

तत्कालीन प्रधानाध्यापक भोली यादवलाई ३३ हजार ६१८ रुपैयाँ र तत्कालीन प्रधानाध्यापक विरेन्द्रप्रसाद यादव विरुद्ध ३२ हजार ३२४ रुपैयाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ३ बमोजिम कैद तथा जरिवाना हुन माग दाबी लिइ विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

Previous Post

जिल्ला अस्पातलमा विरामीको विस्वाश बढ्दै

Next Post

देश विकासका लागि इमान्दारिता र सुशासन ः ओली

Next Post
देश विकासका लागि इमान्दारिता र सुशासन ः ओली

देश विकासका लागि इमान्दारिता र सुशासन ः ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana