Thursday, February 5, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

मुकुमलुङ संरक्षण पदयात्रा सुरू, सरकारद्वारा सुरक्षा व्यवस्था कडा

मुकुमलुङ संरक्षण पदयात्रा सुरू, सरकारद्वारा सुरक्षा व्यवस्था कडा

by नेपाल टाइमलाइन न्यूज
February 20, 2025
in मुख्य खबर
A A
0
मुकुमलुङ संरक्षण पदयात्रा सुरू, सरकारद्वारा सुरक्षा व्यवस्था कडा
11
SHARES
Share on FacebookShare on Twitter

जुगेश दास ताप्लेजुङ।  लिम्बू समुदायको आस्थाको केन्द्र मुकुमलुङ (चोतलुङ) को संरक्षणका लागि आजदेखि ताप्लेजुङमा व्यापक पदयात्रा सुरू भएको छ। “नो केवल कार” अभियानअन्तर्गत आयोजित यस आन्दोलनमा स्थानीय अधिकारवादी, पहिचानवादी नागरिक तथा विभिन्न क्षेत्रबाट आएका आन्दोलनकारीहरूको सहभागिता रहेको छ।

पदयात्राको उद्घाटन कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपाल का केन्द्रीय अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री  राजेन्द्र महतो को उपस्थिति रहेको छ। साथै, आन्दोलनमा लिम्बू समुदायका अगुवा, अधिकारकर्मी, विद्यार्थी, स्थानीय बासिन्दा तथा अभियन्ताहरू सहभागी भएका छन्। उनीहरूले मुकुमलुङ क्षेत्रमा केवलकार निर्माणको विरोध गर्दै सांस्कृतिक तथा धार्मिक पहिचानको रक्षा गर्न माग गरेका छन्।

यस आन्दोलनलाई मध्यनजर गर्दै संघीय सरकारले ताप्लेजुङका विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। सामुदायिक प्रहरी र सशस्त्र प्रहरीको तैनाती बढाइएको छ भने आन्दोलनकारीहरूको गतिविधि निगरानीमा राखिएको छ। यसले आन्दोलनमा प्रहरी हस्तक्षेप हुन सक्ने सम्भावना बढाएको छ।

राष्ट्रिय मुक्ती पार्टिका योद्धा एवं हिन्दी भाषा अभियानी रमन पाण्डेय, सन्तोष मेहता, सीएम थारू, प्रेम थुलुङ, बेबीराज भण्डारी लगायतका नेताहरूको उपस्थिति रहेको छ। रमन पाण्डेयका अनुसार आन्दोलन शान्तिपूर्ण रूपमा अघि बढाइनेछ, तर राज्य पक्षबाट कुनै दमन भए त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

आन्दोलनकारीहरूले सरकारलाई धार्मिक तथा सांस्कृतिक आस्थामाथि हस्तक्षेप नगर्न आग्रह गरेका छन्। उनीहरू मुकुमलुङ संरक्षणका लागि दृढ रहेको बताउँदै केवलकार परियोजना तत्काल स्थगन गर्न माग गरिरहेका छन्।

राजेन्द्र महताेका अनुसार कसैकाे धर्मलाई बिनास गर्न कसैलाई अधिकार छैन । आज शान्तिपर्ण ढङ्ले पदयात्रा गर्दै सरकारलाई ध्यानाकर्षण गराउँछु , यदपी केवल कार प्राेजेक्ट तुरून्त बन्द  गरेन भने चरमबन्ध आन्दोलन गर्छाै । सरकालाई पछि हट्नै पर्छ ।

पदयात्राको आगामी घटनाक्रम तथा राज्यको व्यवहार कस्तो रहनेछ भन्ने प्रतीक्षा गरिएको छ।

Previous Post

भोक्राहा नरसिंह प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन सम्पन्न

Next Post

भोक्राहा नरसिंह गाउँपालिका पृथ्वीनारायण माविमा पक्की भवनको उद्घाटन

Next Post
भोक्राहा नरसिंह गाउँपालिका पृथ्वीनारायण माविमा पक्की भवनको उद्घाटन

भोक्राहा नरसिंह गाउँपालिका पृथ्वीनारायण माविमा पक्की भवनको उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana