Friday, January 30, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

गोल्डेन अस्पतालको १४औं वार्षिकोत्सव : स्वास्थ्य सेवामा नयाँ प्रविधि थप्ने प्रतिबद्धता

गोल्डेन अस्पतालको १४औं वार्षिकोत्सव : स्वास्थ्य सेवामा नयाँ प्रविधि थप्ने प्रतिबद्धता

by नेपाल टाइमलाइन न्यूज
February 23, 2025
in मुख्य खबर
A A
0
गोल्डेन अस्पतालको १४औं वार्षिकोत्सव : स्वास्थ्य सेवामा नयाँ प्रविधि थप्ने प्रतिबद्धता
16
SHARES
Share on FacebookShare on Twitter

रविन्द्र कुमार यादव,सुनसरी । गोल्डेन अस्पतालले आफ्नो १४औं वार्षिकोत्सव आइतबार विशेष कार्यक्रमको आयोजना गरी आफ्नै नयाँ भवनमा मनाएको छ। अस्पतालकी अध्यक्ष तथा निर्देशक आरती आनन्द रौनियार तथा सञ्चालक एवं प्रबन्ध निर्देशक डा. श्यामकुमार रौनियारले केक काटेर वार्षिकोत्सवको खुसी साटासाट गरेका थिए।

कार्यक्रममा बोल्दै सञ्चालक रौनियारले विभिन्न उतारचढावका बीच अस्पतालले आफ्नो सेवा निरन्तर रूपमा अघि बढाएको उल्लेख गरे। उनले भाडाको घरबाट सुरु भएको अस्पताल हाल आफ्नै अत्याधुनिक भवनमा १०० शैय्याको सेवा प्रदान गरिरहेको जानकारी दिए।

गोल्डेन अस्पतालका सिइओ ज्याबुल हकका अनुसार उपचारका लागि आउने ४० प्रतिशतभन्दा बढी बिरामी भारतीय हुन्, भने बाँकी नेपाली बिरामी रहेको बताए। वरिष्ठ फिजिसियन तथा किड्नी रोग विशेषज्ञ डा. रमेशकुमार चौरासियाले अस्पतालले औसत खर्चमा गुणस्तरीय उपचार सेवा दिइरहेको जानकारी गराए।

अस्पतालका प्रबन्ध निर्देशक डा. श्याम रौनियारले भविष्यमा क्याथ ल्याब भित्र्याई मुटु रोगीहरूको लागि भरपर्दो उपचार सेवा प्रदान गर्ने योजना रहेको बताए। यसका लागि १२ करोडभन्दा बढी लगानी गर्ने तयारी रहेको जानकारी गराउँदै उनले निःसन्तान दम्पतीहरूका लागि आइभिएफ सेवा सुरु गर्ने योजना रहेको पनि बताए।

गोल्डेन अस्पतालले डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ, र पिसिएल जनरल मेडिसिन कार्यक्रम सञ्चालन गरिरहेको छ। यसअघि विराटनगर –७, अस्पताल चोकमा भाडाको घरबाट सेवा सुरु गरेको अस्पतालले हाल २२ कठ्ठा क्षेत्रफलमा फैलिएको अत्याधुनिक भवनबाट सेवा दिइरहेको छ। अस्पतालले १९२ स्लाइस सिटी स्क्यान, एमआरआई, मोड्युलर ओटी, एडभान्स आइसीयू, एनआइसीयू, एचडिसियू जस्ता प्रविधिहरू समावेश गरी उपचार सेवा प्रवाह गरिरहेको छ।

१३ वर्षदेखि निरन्तर सेवा दिइरहेको अस्पतालले पूर्वाञ्चलमै पहिलो मृगौला रोग विशेषज्ञ टिमसहित ल्याप्रोस्कोपिक कोलेसिस्टेक्टोमी (पित्तथैली शल्यक्रिया) प्याकेज सञ्चालन गरेको छ। नेपालका साथै भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बंगालबाट समेत बिरामीहरू उपचारका लागि आउने हुँदा अस्पताल पहिलो रोजाइ बन्न सफल भएको दाबी गरिएको छ।

 

Previous Post

राधिकाको किताब २४ क्यारेटको सुनजस्तै हो: ओली

Next Post

सुनसरीमा कोशी प्रिमियर लिग : क्रिकेटमा ग्रामीण क्षेत्रको उत्साह

Next Post
सुनसरीमा कोशी प्रिमियर लिग : क्रिकेटमा ग्रामीण क्षेत्रको उत्साह

सुनसरीमा कोशी प्रिमियर लिग : क्रिकेटमा ग्रामीण क्षेत्रको उत्साह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana