Monday, March 9, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरीको घुस्की नाकाबाट व्यापक तस्करी, सशस्त्र प्रहरी निरीक्षकको भूमिकामै प्रश्न

सुनसरीको घुस्की नाकाबाट व्यापक तस्करी, सशस्त्र प्रहरी निरीक्षकको भूमिकामै प्रश्न

by नेपाल टाइमलाइन न्यूज
March 8, 2025
in मुख्य खबर
A A
0
सुनसरीको घुस्की नाकाबाट व्यापक तस्करी, सशस्त्र प्रहरी निरीक्षकको भूमिकामै प्रश्न
50
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको घुस्की नाकाबाट संगठित तस्करी धानिँदै आएको तथ्यहरू सार्वजनिक भइरहेका छन्। सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल (एपीएफ) का निरीक्षक विकास थापामाथि समेत शंका उब्जिएको छ। स्थानीय बासिन्दाहरूका अनुसार, प्रहरी चौकी अगाडि नै तस्करी भइरहेको देखिए पनि सुरक्षा निकाय मौन देखिन्छ।

घुस्की नाकामा रातदिन तस्करहरूको चहलपहल रहने गरेको स्थानीयहरूको भनाइ छ। सीमावर्ती क्षेत्रका पगडण्डी बाटाहरूमा भारतीय मालवाहक सवारी आवतजावत गर्छन्। प्रहरी चौकी नजिकैबाट नै अवैध सामानहरू ओसारपसार भइरहेको देखिए पनि सुरक्षाकर्मी कारबाही गर्न उदासीन देखिएका छन्।

बीओपी अगाडि नै मोटरसाइकल, साइकल र ट्याक्टरमा सामान ल्याएर भन्सार छल्ने काम भइरहेको छ। प्रहरीहरू हेर्छन्, तर कारबाही गर्दैनन्,” एक स्थानीय व्यवसायीले भने।

स्रोतका अनुसार, तस्करी नियन्त्रण गर्नुको साटो निरीक्षक थापाले आफ्नो गाडी मर्मत तथा इन्धनको लागि स्थानीय तहसँग सहयोग मागेका छन्। “यदि प्रहरी निरीक्षकलाई गाडी मर्मत र इन्धनकै अभाव छ भने त्यसको व्यवस्थापन विभागीय रूपमा हुनुपर्छ, स्थानीय तहसँग होइन,” एक सुरक्षा अधिकारीले भने।

तर, यस विषयमा निरीक्षक थापा मौन छन्। यसअघि पनि सीमावर्ती बिओपीहरूलाई तस्करहरूसँग मिलेमतो गरेको आरोप लाग्दै आएको थियो।

तस्करी बढ्दै जाँदा स्थानीय प्रशासन र सुरक्षा निकायहरूमाथि दबाब बढेको छ। घुस्की नाकाबाट चिनी, मैदा, कपडा, रजनीगन्धा, गुट्खा, मोबाइल, मदिरा, पेट्रोललगायत सामग्रीहरू दैनिक रूपमा ओसारपसार हुने गरेको छ।

तर, प्रशासनले कुनै ठोस कदम नचालेको स्थानीयहरू बताउँछन्। “यत्रो तस्करी हुँदा पनि प्रशासन किन चुप छ? प्रहरी किन कारबाही गर्दैन?” स्थानीय समाजसेवी रमेश यादव भन्छन्।

के तस्करी नियन्त्रण हुन्छ?

घुस्की नाकाबाटको तस्करी रोक्न प्रशासन गम्भीर भएमा नियमित गस्ती, कडा कारबाही, र सुरक्षाकर्मीको अनुगमन आवश्यक छ। अन्यथा, यस्तै लापरबाहीका कारण सीमावर्ती क्षेत्र तस्करहरूको ‘सेफ जोन’बन्ने खतरा रहन्छ।

Previous Post

बर्जु गाउँपालिका २१ वर्षीया युवती झुन्डिएर आत्महत्या   

Next Post

श्रम मन्त्रालय घूस संकलन गर्ने अड्डा, दैनिक ७५ लाख घुस संकलन

Next Post
श्रम मन्त्रालय घूस संकलन गर्ने अड्डा, दैनिक ७५ लाख घुस संकलन

श्रम मन्त्रालय घूस संकलन गर्ने अड्डा, दैनिक ७५ लाख घुस संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana