काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय घूस संकलन गर्ने अड्डा बनेको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वश्रममन्त्रीसमेत रहेका अर्यालले मन्त्रालय अन्तर्गतको ताहाचल श्रम कार्यालयमा प्रतिदिन ७५ लाख घूस संकलन हुने गरेको दाबी गरेका हुन् ।
‘हामीसँग श्रम मन्त्रालय छ, मन्त्रालयको उद्देश्य र काम भनेको रोजगार सिर्जना र युवालाई देशमा बस्ने वातावरण बन्नुपर्ने हो। तर मन्त्रालयलाई कहिले मेनपावर व्यवसायीले चलाएको आरोप छ,’ उनले भने,उनले श्रम मन्त्रालय घूसको अड्डा बनेको यत्रतत्र सर्वत्र बजारमा जानकारी रहेको बताए ।
उनले घुसबारे डिजी र मन्त्रीलाई समेत विभिन्न माध्यमबाट जानकारी गराउँदा पनि बेखबर हुनु भनेको मन्त्रालय घुसको अखडा बनेको उल्लेख गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।





