Tuesday, January 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सुनसरी–४ मा ६७ करोड ८१ लाखको विकास बजेट स्वीकृत, सांसद कार्की र मन्सुरीको सक्रियतामा १७ ठूला योजना कार्यान्वयनमा

सुनसरी–४ मा ६७ करोड ८१ लाखको विकास बजेट स्वीकृत, सांसद कार्की र मन्सुरीको सक्रियतामा १७ ठूला योजना कार्यान्वयनमा

by नेपाल टाइमलाइन न्यूज
June 13, 2025
in मुख्य खबर
A A
0
सुनसरी–४ मा ६७ करोड ८१ लाखको विकास बजेट स्वीकृत, सांसद कार्की र मन्सुरीको सक्रियतामा १७ ठूला योजना कार्यान्वयनमा
10
SHARES
Share on FacebookShare on Twitter

सुनसरी | संघीय र प्रदेश सरकारको समन्वयमा सुनसरी क्षेत्र नं. ४ का लागि चालु आर्थिक वर्षमा झण्डै ६७ करोड ८१ लाख रुपैयाँ बराबरको विकास बजेट स्वीकृत भएको छ। प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर कार्की र कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरीको सक्रिय पहलमा शहरी विकास मन्त्रालयको ‘रातो किताब’ अन्तर्गत १७ वटा योजनाहरू बजेटमा समावेश गरिएका हुन्।

स्वीकृत बजेटअन्तर्गत पुल निर्माण, सडक स्तरोन्नति, सामुदायिक तथा शैक्षिक पूर्वाधार, धार्मिक–पर्यटन मार्ग लगायतका परियोजनाहरू समावेश छन्। प्रमुख योजनाहरूमा सुनसरी खोलामा हरिनगर–६ मा ४ करोडको पुल निर्माण, भोक्राहा नरसिंह–१ मा बाउनी खोलामा ३ करोडको पुल निर्माण, हरिनगर–१ मा सिँचाइका लागि ७० लाखको सित भण्डार, र रामधुनी क्षेत्रमा ४२ किलोमिटर कालोपत्रे सडकका लागि ३८ करोड ३७ लाख ९० हजार बजेट समावेश गरिएको छ।

इनरुवा नगरपालिका–३ मा ३ करोडको सभाहल निर्माण, हरिनगर मावि (वडा ४) को पूर्वाधार निर्माणमा ३ करोड, देवानगञ्ज–बन्देश्वर सडक स्तरोन्नतिमा ३ करोड, चिरौली चौक सडक सुधारमा ९ लाख जस्ता अन्य योजना पनि समावेश छन्।

बराहक्षेत्र नगरपालिकाका लागि मात्र करिब १९ करोडभन्दा बढी बजेट छुट्याइएको छ। चतरा लाल बस्ती सडक स्तरोन्नतिमा १३ करोड, बाङ्गे बजारदेखि बसपार्क जोड्ने सडकमा ३ करोड, खानेपानी टंकी निर्माणमा ५० लाख, विभिन्न टोलहरू जोड्ने सडक स्तरोन्नतिमा थप करोडौं बजेट विनियोजन गरिएको छ।

स्थानीयवासीहरू जनप्रतिनिधिहरूको दलगत सीमाभन्दा माथि उठेर गरिएको पहलप्रति कृतज्ञता प्रकट गर्दै भन्छन्, “हिरा जहाँ भए पनि चम्किन्छ।” उनीहरूका अनुसार, योजना कार्यान्वयनले बस्तीहरू सुरक्षित, यातायात सुलभ, विद्यालय तथा सामुदायिक संरचना सुदृढ हुने छन्। साथै, कृषक, साना उद्यमी र धार्मिक–पर्यटन मार्ग प्रयोगकर्ताका लागि पनि आर्थिक गतिविधिमा नयाँ सम्भावना खुल्ने विश्वास गरिएको छ।

सांसद कार्कीको नेतृत्व र मन्सुरीको सहकार्यले विकासको गतिमा तीव्रता आएको स्थानीयको भनाइ छ। सफल कार्यान्वयनका लागि स्थानीय तहको सहकार्य र नागरिकको निगरानीलाई अनिवार्य ठहर गर्दै, समावेश योजनाहरू समयमै सम्पन्न गरिने अपेक्षा गरिएको छ ।

 

Previous Post

कोशी कटान चेकपोष्ट घटनापछि अध्यक्ष अंसारीको स्पष्टीकरण: प्रहरी संगठनप्रति कुनै द्वेष छैन 

Next Post

सहकारीले फेरेको जीवन : जो जिरोबाट हिरो बने

Next Post
सहकारीले फेरेको जीवन : जो जिरोबाट हिरो बने

सहकारीले फेरेको जीवन : जो जिरोबाट हिरो बने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana