सुनसरीको भोक्राहा नरसिंह गाउपालिका ३ मा एक व्यक्तिले सार्वजनिक सम्पतीमा गिद्धे नजर लगाई अन्याय गरेको आरोप बाहिर आएको छ । भोक्राहा नरसिंह गाउपालिका ३ को सलहेस मन्दिरको नजिकको बाधबाट दुई सय बढी विघामा सिंचाई सुविधा पाइरहेकोमा एक स्थानीयले जोरजरबस्ती डोजर जेसिबी लगाएर बाधमा क्षती र पाईप समेत उखेलेर लगेको भन्दै कार्वाहीको माग सहित निवेदन आएकाले त्यसतो बाहिर आएको हो ।
बराहक्षेत्र नगरपालिका ११ मधुवनका रामखेदावन मेहताले सार्वजनिक सम्पती बाधको होम पाईप सहितको कलभर्ट भत्काई नेपाल सरकारको सार्वजनिक सम्पती समेतमा क्षती गरेकाले छानविन गरि वर्काहीको माग र क्षतीपुर्ती भराउनुपर्ने माग स्थानीयहरुले गरेका छन् । जेठ २६ गते गिद्धे नजर लगाई जग्गा भएकाहरुलाई सिचाईमा अन्याय गरेको र पाईप समेत लगेको भन्दै असार २ गते भोक्राहा नरसिंह गाउपालिका ३ नम्बर वडा कार्यालयमा निवेदन गरेको र त्यसपछि जिल्ला प्रशासन हुदै जिल्ला प्रहरीसम्म पुग्दा कुनै कार्वाही नभएको भन्दै स्थानीयहरु आक्रोर्षित बनेका छन् । एक व्यक्तिले सार्वजनिक सम्पतीमा गिद्धे नजर लगाई अन्याय गरेको भएपनि स्थानीय सरकार र प्रहरी प्रशासन समेत मौन बसेकाले स्थानीयहरुले आपती जनाएका छन् । आरोप बाहिर आएकोमा छानविन गर्नुपर्ने, कार्वाही गर्नुपर्नेमा सबै मुखर्दशक बसेको स्थानीय रामेश्वर यादवले आरोप लगाउनुभयो ।
सार्वजनिक सम्पती संरक्षणमा ध्यान दिनुपर्नेमा कहिकतैबाट वास्ता नगरी झनै प्रसय दिएको स्थानीय जुगेश्वर यादवको गुनासो छ । वहाँले घटनाको छानविन गर्नुपर्ने र कार्वाही गर्नुपर्नेमा कुनै बास्ता गरेकोले संकाको घेरामा रहेको आरोप लगाउनुभयो । वहाँले छानविन र कार्वाही प्रकृया अगाडी नबढाए स्थानीयहरु आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनुभयो ।






