८ वैशाख, ललितपुर । ललितपुरमा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
जिल्लाको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा अचानक विष्फोट हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अक्सिजन विष्फोटमा परेर घाइते भएका चारै जनालाई उपचारका लागि अस्पतालमा पठाइएको छ । प्लान्टमा कार्यरत श्रमिकहरुको उद्धार कार्य हाल जारी नै रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे विस्तृत विवरण आउँन बाँकी नै रहेको छ ।