Saturday, February 21, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

निवार्चन प्रकृया सुचारु गर्न आग्रह गर्दै इनरुवा नपामा ज्ञापन पत्र, छिटो सुचारु नगरे नगरपालिकामा तलाबन्दी र घेराउ गर्ने चेतावनी

निवार्चन प्रकृया सुचारु गर्न आग्रह गर्दै इनरुवा नपामा ज्ञापन पत्र, छिटो सुचारु नगरे नगरपालिकामा तलाबन्दी र घेराउ गर्ने चेतावनी

by नेपाल टाइमलाइन न्यूज
August 22, 2022
in समाचार, स्थानीय समाचार
A A
0
निवार्चन प्रकृया सुचारु गर्न आग्रह गर्दै इनरुवा नपामा ज्ञापन पत्र, छिटो सुचारु नगरे नगरपालिकामा तलाबन्दी र घेराउ गर्ने चेतावनी
11
SHARES
Share on FacebookShare on Twitter

इनरुवा, भदौ ६ गते । सुनसरी सदरमुकाम इनरुवा ९ बबियाको सरस्वती माविमा विद्यालय व्यवस्थापन समिति गठन प्रयोजनका लागि मनोनयन दर्ता भएपछि एकाएक स्थगित गरेको निवार्चन प्रकृया सुचारु गर्न आग्रह गर्दै इनरुवा नगरपालिका ९ नम्बर वडा कार्यालयले ज्ञापन पत्र बुझाएको छ । नगरपालिकामा ज्ञापन पत्र बुझाउदै वडा कार्यालयले छिटो निर्वाचन प्रकृया सुचारु नगरे नगरपालिकामा तलाबन्दी र घेराउ गर्ने चेतावनी दिएको वडा अध्यक्ष बसिरमुद्धिन मंसुरीले जानकारी दिनुभयो । सरस्वती माविमा विधालय व्यवस्थापन समितिको निर्वाचन प्रक्रिया सुरु गर्न माग गर्दै इनरुवा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत कपिलदेव मेहता र शिक्षा शाखाका प्रमुख स्वस्तिका दाहाललाई ज्ञापन पत्र बुझाएको छ । इनरुवा नगरपालिकाको वडा नम्बर ९ का अध्यक्ष बसिरमुद्दिन मन्सुरी, वडा सदस्य मनोजकुमार यादव र वडा सदस्य रामसुन्दर मेहता सहितको टोलीले निर्वाचन प्रकृया अगाडि बढाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।


नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउन गएकोमा प्रमुख केदार भण्डारी कार्यालयमा नभेटिएको र प्रमुख प्रशासकिय अधिकृत समेत आईतबारबाटै कार्यालयमा अनुपस्थिर रहेकाले शाखा प्रमुखलाई ज्ञापन पत्र बुझाएको वडा अध्यक्ष मंसुरीले जानकारी दिनुभयो ।
ज्ञापन पत्रमा भनिएको छ, सुनसरीको इनरुवा नगरपालिका ९ बबिया स्थित सरस्वती माविमा यहाँका वडाबासी एवम् नगरबासी आमाबुबा तथा सरस्वती माध्यमिक विद्यालय क्षेत्रका अभिभावक एवं शुभचिन्तकहरुले एक वर्षदेखी विहिन रहेको विद्यालय व्यवस्थापन समिति गठनका लागि तीन पटकसम्म अभिभावक भेला भएको यहाँलाई सर्वविदितै छ ।


सहमतिमा समितिका लागि अभिभावकबाट दुई जना महिला सहित चार सदस्य छनौट नभएकाले त्यसपछि बैकल्पिक विधिबाट विद्यालयको शैक्षिक सुधार र शैक्षिक गुणस्तर कायम गर्ने र व्यवस्थापकिय पक्षमा योगादन गर्ने उद्देश्यले विधालय व्यवस्थापन समिति छनौटका लागि निर्वाचन प्रकया अगाडि बढाएको थियो । त्यसमा भदौ ५ गते दिउसो ४ बजेसम्म सौहार्दपूर्ण वतावरणमा अभिभावकहरुले आ आफ्नो मनोनय समेत दर्ता भएकोमा इनरुवा नगरपालिकाको सोही मितिको पत्रले निर्वाचन प्रकृया अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको घटना प्रति मेरो र वडा कार्यालयको ध्यानाकर्ष भएको छ । आफू वडा अध्यक्ष र कार्यापालिका सदस्य हुदाँ हुदैं के, कुन मितिमा के प्रयोजन र के कति कारणले विद्यालय व्यवस्थापन समिति छनौटमा बाधा अवरोध हुने कुरा देखिए ? किन समिति गठन गर्न नसकने कारण नदिई हचुवाको भरमा , शक्तीको आडमा वडालाई र छनौट समितिलाई समेत कुनै जानकारी नै नदिई एकलौटी रुपमा विधार्थी र अभिभावको भावनामा चोट पुरर्याउने र वडाबासीलाई समेत बेवास्ता गरि भदौ ५ गते मनोनयन दर्ता भएपछिको आकस्मिक निर्वाचन प्रक्रिया अर्को सूचना जारी नभएसम्म स्थगित गरिएकोले मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
वडाको जनप्रतिनिधिको हैसियतमा म विधालय व्यवस्थापन समिति छनौट समितिको सदस्य समेत रहेकोमा मलाई पनि कुनै जानकारी विना अभिभावकको मनोभावना र सदभाव प्रति प्रहार गर्ने काम गरेकोले निन्दा र आपती प्रकट गर्दछु । विधालय व्यवस्थापन समितिका लागि नगरपालिकाबाट राजनीतिक हस्तक्षेप स्वरुप निर्धारण गरेको प्रकृया नै स्थगित गरिएको हुँदा गठन प्रकृया अविलम्ब सुचारु गर्न जोडदार माग गर्दछु ।
यस विधालयमा एक वर्षदेखी समिति विहिन हुदाँ शैक्षिक गुणस्तरमा असर पर्नुका साथै शिक्षकको अभावले पठनपाठन समेत प्रभावित हुदै आएकाले तत्काल आजैको मितिबाट यथासिघ्र प्रकृया अगाडि बढाउन जोडदार माग गर्दछु । यसलाई प्रकृया अनुसार अगाडि नबढाइएको खण्डमा वडा, नगर र विद्यालयमा हुन सक्ने सम्भावित जोखिमको समेत सम्पूर्ण जिम्मा नगरपालिकालाई नै लिनुपर्ने अनुरोध सहित जानकारी गराउदछु । उल्लेख गरिएको छ ।

यता नगर प्रमुख भण्डारी शाखाका प्रमुखको आग्रहमा स्थगित गरिएको प्रतिकृया दिनुभयो भने शाखा प्रमुख दाहालले नगर प्रमुखका कारणले स्थगित भएको प्रतिकृया दिनुभयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत कपिलदेव मेहताले आफूलाई थाहा नै नदिई गुम्राहामा पारि स्थगितको पत्रमा सही गर्न लगाएको प्रतिकृया दिनुभयो । सहज वतावरणमा निर्वाचन गर्न र शिक्षा शाखाले सुचारुको पत्र ल्याए आफूले फेरी सही गर्ने दावी गर्नुभयो ।

यसैबीच सरस्वती मावि बबिया, इनरुवा ९ सुनसरी विधालय व्यवस्थापन समितिका सदस्य उमेदवार जयकृष्ण यादवले पनि स्थगित भए लगतै फेसबुकमा स्टाटस र विज्ञप्ती जारी गर्नुभएको छ । यादवले जारी गर्नुभएको विज्ञप्तीमा भनिएको छ, आदरणीय आमाबुबा तथा अभिभावक एवं शुभचिन्तक, इष्ट मित्रहरुले म प्रति देखाउनुभएको सहानुभूति, माया, ममता , स्नेह र सदभाव प्रति आभार प्रकट गर्दछु। शैक्षिक संस्था सुधार र गुणस्तर कायम गर्ने उद्देश्यले विधालय व्यवस्थापन समितिमा अध्यक्ष बन्ने तयारी स्वरूप भदौ छ गते मनोनयन दर्ता भएको तर सरस्वती मावि बबिया, इनरुवा ढ सुनसरीको आकस्मिक पत्रले निर्वाचन प्रक्रिया अर्को सुचना जारी नभएसम्म स्थगित गरिएकोले मेरो गम्भीर ध्यानाकर्षण भएको छ। विधालय व्यवस्थापन समितिका लागि राजनीतिक हस्तक्षेप स्वरुप निर्धारण गरेको प्रकृया नै स्थगित गरिएको हुँदा प्रकृया अविलम्ब सुचारु गर्न जोडदार माग गर्दछु। यस विधालयमा मेरो आवश्यकता महशुस गर्नुभएको सबै राजनीतिक दलका प्रतिनिधिहरु, विधार्थी, अभिभावक,समाजसेवी, र शिक्षा प्रेमी, जनप्रतिनिधिहरुलाइ यसै विग्यप्ती मार्फत हार्दिक धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गर्दछु। साथै इनरुवा नगरपालिकाको आकस्मिक पत्रले निर्वाचन प्रक्रिया स्थगित गरिएको घटना सार्वजनिक भएपछि अभिभावक र विद्यार्थीको मनोविज्ञानमा असर पर्ने भएकाले यथासिघ्र प्रकृया अगाडि बढाउन जोडदार माग गर्दछु।

Previous Post

सुनसरी र उदयपुरका कोशी बाढी प्रभावित परिवारलाई राहत वितरण

Next Post

सूर्य किरण एकेडेमी विद्यालयमा कक्षा ११ को पढाई सुरु

Next Post
सूर्य किरण एकेडेमी विद्यालयमा कक्षा ११ को पढाई सुरु

सूर्य किरण एकेडेमी विद्यालयमा कक्षा ११ को पढाई सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana