Friday, February 20, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

इनरुवामा प्याब्सनको जिल्ला स्तरीय वकतृत्वकलामा गुरुगं प्रथम

इनरुवामा प्याब्सनको जिल्ला स्तरीय वकतृत्वकलामा गुरुगं प्रथम

by नेपाल टाइमलाइन न्यूज
August 27, 2022
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
इनरुवामा प्याब्सनको जिल्ला स्तरीय वकतृत्वकलामा गुरुगं प्रथम
12
SHARES
Share on FacebookShare on Twitter

इनरुवा, भदौ १० गते । सुनसरी सदरमुकाम इनरुवामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) सुनसरीको आयोजनामा जिल्ला स्तरीय वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विधार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने र सकारत्मक प्रतिस्प्रधा सहित बोल्ने शिपको विकास गर्ने उदेश्यले आयोजित वकतृत्वकला प्रतियोगितामा ९ स्थानीय तहका २१ बढी प्रतियोगिहरुको सहभागिता रहेको थियो । प्रत्येक स्थानीय तहबाट छनौट भएर आएका तीन । तीन जनाका दरले सहभागी मध्ये इटहरी मोडेल स्कूलकी अमिरन गुरुगं प्रथम, नेपाल डिभीएम स्कूलकी योगिना रिजाल द्धितिय , सूर्य किरण एकेडेमी इनरुवाकी सर्मिला अधिकारी तृतिय र आरम्भ विधामन्दिरकी स्मृति कोईराला सन्तवना हुनुभयो ।
जिल्ला प्याब्सन सुनसरीका सह सचिव तथा इनरूवा प्याब्सनका प्रमुख सल्लाहकार मनोज कुमार यादवका अनुसार बालिबालिकाहरुलाई एकआपसमा परिचित हुने र आफ्नो प्रतिभा प्रस्फुटन गराउने थलोको रुपमा विभिन्न प्रतियोगितामा सहभागिता गराउदै आएको सन्दर्भमा शुक्रबार वतकृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो । बालबालिकाहरुलाई पुरस्कार, सम्मान र सिल्ड समेत वितरण गर्दा सकारात्मक उर्जा दिएको आयोजकको विश्वास रहेको छ । कार्यक्रमको संयोजन प्याब्सन इनरुवाको अध्यक्ष रमेश प्रसाद गुरागाईंले गरेको थियो ।

सामाजिक संजालले विद्यार्थीमा पारेको प्रभाव भन्ने विषयमा भएको प्रतिस्पर्धामा इटहरी मोडेलकी छात्रा अमिरन गुरुङ प्रथम भइन भने इटहरीकै नेपाल डिभीएम स्कूलकी छात्रा योगिना रिजाल द्वितीय भइन । त्यसैगरी इनरुवाको सूर्य किरण स्कूलकी छात्रा शर्मिला अधिकारी तृतीय हुँदा आरम्भ विद्यामन्दिरकी छात्रा स्मृति कोइराला सान्तवना भइन ।

प्रतियोगीता प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष नेल्सन थानेश्वर ढकालको अध्यक्षतामा तथा इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्याब्सन १ नम्बर प्रदेश सहसचिव तथा सुनसरीका प्रमुख सल्लाहाकार बिष्णु कोइरालाले नीजि विद्यालयले नेपालको मात्र हैन विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गरिरहेको तथ्य भुल्दै राज्यले नीजि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुप्रति विभेद गरिरहेको बताए । गुणस्तरीय शिक्षा दिदै सक्षम जनशक्ति उत्पादन गर्दै आइरहेका नीजि विद्यालयको योगदानलाई राज्यले अवमूल्यन गरेको उनको गुनासो थियो । अहिले सामुदायिक विद्यालयहरुले शुल्क लिएर अङ्ग्रेजी माध्यमबाट शिक्षा दिन शुरु गर्दा एउटै विद्यालयमा दुईखालको शिक्षा प्रदान गरेर राज्यले झन धनी र गरिबको मानसिकता बालबालिकाको कलिलो दिमाखमा पारिदिएको आरोप लगाए । साथै सक्षम जनशक्तिसँग प्रतिस्पर्धा गर्ने गरी सामुदायिक विद्यालयहरुले शिक्षा दिन नसक्दा नीजि विद्यालयका विद्यार्थीलाई राज्यले अवसरबाट बन्चित गराइरहेको उनको भनाइ छ ।

प्याब्सन सुनसरीका कोषाध्यक्ष दिपक कार्कीले प्याब्सनले बिगत धेरै वर्षदेखि नै विद्यार्थीहरुको विकासको लागि अध्ययन अध्यापन मात्र पूर्ण नहुने महसुस गर्दै विभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आइरहेको बताए । उनले कार्यक्रमको औचित्य प्रष्ट्याउदै कार्यक्रम आयोजना गर्नुको उद्धेश्य प्रकाश पारे ।

सोहि कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीका इकाइ प्रमुख रमेशबहादुर दाहालले विद्यार्थीको व्यक्तित्व तथा नेतृत्व विकासमा किताबी अध्ययनले मात्र सम्भव नहुने हुँदा अतिरिक्त कृयाकलापहरुको आयोजना भइरहनुपर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले नीजि विद्यालयहरुले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको आफूले उच्च मूल्याकंन गरिरहेको बताए । राज्य तहबाटै बिडम्बनापूर्वक नीजिमा अध्ययन गर्ने विद्यार्थीहरुलाई भेदवाभ कानुनी रुपमै गरिरहेको उनले बताए । केन्द्र र प्रदेश सरकारले शिक्षा ऐन नबनाइदिदा नगरले समेत केहि गर्न नसकिएको बताए । सम्भव हुनेसम्मका संस्थागत विद्यालयका समस्या समाधान गर्न आफू तयार रहेको बताउँदै नगरले प्याब्सनसँग चाँडै छलफल गरी शुल्क, पाठ्यक्रम परिवर्तन र छात्रवृत्तिको विषयमा एउटा मापदण्ड तयार गर्न चाहेको बताए ।

प्याब्सन सुनसरीका सचिबले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष रमेश कार्कीले स्वागत मनतव्य राखेका थिए । कार्यक्रममा प्याब्सन १ नम्बर प्रदेश उपाध्यक्ष सुमित थापा, प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष नेलसन थानेश्वर ढकाल लगायतले बोलेका थिए ।

विभेदरहित शिक्षामा जोड
सुनसरी सदरमुकाम इनरुवामा आयोजित एक कार्यक्रमका वत्ताहरुले विभेदरहित शिक्षामा जोड दिएका छन् । शुक्रबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) सुनसरीले आयोजना गरेको जिल्ला स्तरीय वकतृत्वकला प्रतियोगिता उद्घाटन समारोहमा प्याब्सनका प्रदेश सहसचिव विष्णु कोईरालाले शैक्षिक क्षेत्रको सुधार र गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम, राष्ट्रिय परीक्षा र अनुगमन बाहेकका विषयमा सरकारले निजी क्षेत्रलाई अधिकार दिनुपर्ने बताउनुभएको छ । शिक्षा सस्तो, सर्वसुलभ र विभेदरहित हुनुपर्नेमा पनि जोड दिनुभयो । वहाँले शिक्षा पाउदाँ जसलाई जहाँ उपयुक्त हुन्छ त्यहाँ लिने गरेकोमा सुविधा, आरक्षण र विभिन्न कोटामा निजी विद्यालयका विधार्थीहरुलाई बन्चीत रहेकाले त्यसमा सुधार गर्नुपर्ने र विभेदरहित शिक्षा निती ल्याउनुपर्ने बताउनुभयो । त्यसैगरी प्रमुख अथिति इनरुवा नगर प्रमुख केदार भण्डारीले सबै सरोकारवालाहरुको दायित्व गुणस्तीय शिक्षाका लागि हुनुपर्नेमा जोड दिनुभयो । शिक्षा सीपमुलक हुनुपर्ने र सबै पक्षको पहुँच हुने गरी शिक्षासम्बन्धी नीति, नियम निर्माण गरिनुपर्ने बताउनुभयो ।
त्यसैगरी प्याब्सन सुनसरी कोषाध्यक्ष दिपक कार्कीले शिक्षा व्यवहारिक हुुनुनपर्नेमा समेत जोड दिनुभयो ।
प्याब्सनका सुनसरी उपाध्यक्ष थानेश्वर ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुले शिक्षा नीति सही नहुँदा थुर्पै नेपालीहरु विदेशिन बाध्य हरेको बताएका थिए । शिक्षाअनुसारको रोजगारी नहुनलेु पनि थुर्पै नेपाली बेरोगार बस्नुपर्ने अवस्था रहेको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) इनरुवाका मनोजकुमार यादव, दिपक कार्की, रमेश गुरागाई, गंगाराम मण्डल र नवराज बराल, सन्तोष भट्टराई, लोकनारायण मेहता, अस्फाक आलम लगायतको उपस्थिती रहेको थियो ।

Previous Post

टिकटक बन्द संघर्ष समिति द्वारा टिकटक बन्द गराउन ज्ञापनपत्र बुझाइएको छ ।

Next Post

मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी

Next Post
मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी

मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana