इनरुवा, भदौ ११ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रकृति वंदन तथा संस्कृति अभिनन्दन कार्यक्रम आयोजना गरिएको छ । प्रकृति सवद्धन तथा संस्कृति प्रवद्धन कार्यक्रम सनातन कुटुम्ब इनरुवाको आयोजनामा वंदन तथा संस्कृति अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको छ । सनातन कुटुम्ब इनरुवाको पहल तथा स्थानीय चन्दन मेहताको सहयोगमा प्रवचन र अन्तरकृया सहितको कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा दिएको जानकारी अनुसार विगतको झै नमामि सुनसरी खोलाको प्राकृतिक सौन्दर्यता जोगाउँदै स्वच्छ र हराभरा बनाउने अभियानसँग जोडेर अघि बढाउने अभियानलाई निरन्तर दिने भएको छ ।