सुनसरीको कोसी गाउँपालीका वडा नम्बर ८ भण्टाबारीस्थित रहेको खोलामा डुबेर एकजना बालिकाको मृत्यु भएको छ स्थानीय मुर्शिद मियाँकी अन्दाजी १२ वर्षकी नजरा खातुन बुधबार दिउँसो मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय भण्टाबारीले जनाएको छ ।
नुहाउने क्रममा मंगलबार दिउँसोदेखि बेपत्ता रहेकी उनको स्थानीयबासी,नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलिले एकदिन पश्चात् मृत अवस्थामा फेला पारेको इलका प्रहरीले जनाएको छ । प्रहरी अनुसार मृतक खातुनको पोस्टमार्टमपछि उनको परिवारलाई शव बुझाउने बुझिएको छ ।





