सुनसरी
२०७९ भदौ २९ गते । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा वकतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
सम्पन्न भएको प्रतियोगितामा सूर्य किरण एकेडेमीका दिपेश यादव प्रमथ, नवज्योती स्कूलकी नेहा अन्जुम द्धितिय र ईस्ट पोईन्ट स्कूलकी सम्पदा ढुगांना तृतिय हुनुभयो । बाल अधिकार र बालबालिकाको हक, अधिकार अनि कतव्र्यको बोध गराउदै भाग लिएका प्रतियोगि मध्येका यादव, अनजुम र ढुंगानाले सिल्ड तथा प्रमाण पत्र पाउनुभएको नगरपालिकाका उपप्रमुख विनिता कुमारी यादवले जानकारी दिनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दसरथ राई, उप सचिव डिल्लिराज निरौला, सूर्य किरण एकेडेमीका प्रिन्सििपल तथा प्याब्सनका जिल्ला सह सचिव एवम इनरुवा प्याब्सनका सल्लाहकार मनोज कुमार यादव, साहित्यकार सागर तिम्लसिना सहितको उपस्थिती रहेको थियो ।