Saturday, March 14, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

अनुदान पाएका लाभग्राही किसानको अनुगमन

अनुदान पाएका लाभग्राही किसानको अनुगमन

by नेपाल टाइमलाइन न्यूज
July 15, 2023
in मुख्य खबर, समाचार, स्थानीय समाचार
A A
0
13
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार ३० गते । कृषि ज्ञान केन्द्र सुनसरीले विभिन्न स्थानीय तह तथा क्षेत्रमा विगत देखी हालसम्म संचालन भएको कृषि कार्यक्रमहरुको अनुगमन गरेको छ । कृषि ज्ञान केन्द्रबाट पकेट, ब्लक सहितको आयोजना स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७९÷०८० मा संचालित मागमा आधारित तथा समूह र सहकारी सहितको लाभग्राही सिकानहरुको अनुगमन गरिएको हो ।

जिल्ला समन्वय समिति सुनसरीका उपप्रमुख कमला खतिवडा, जिल्लाका ६ जना निर्वाचित प्रदेश सभा सदस्यहरु, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा अधिकारीहरुले किसान,साना व्यवसायिक कृषि फर्म लगायत अन्य कार्यक्रमहरुको संयुक्त अनुगमन गरेको हो ।
भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्खतर आजाद, कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह, भोक्राहा नरसिंह गाउँपालिका–४ का वडा अध्यक्ष हारुन अंसारी लगायत विभिन्न सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको टोलीले अनुगमन गरेको केन्द्रका प्रविढा श्रेष्ठले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्रको बार्षिक लक्ष्य अनुसार जिल्लास्थित सरोकारवाला निकायसँग विगत र चालु आर्थिक वर्षमा गरिएका कार्यक्रमहरुको संयुक्त रुपमा अनुगमन गरेको हो । जिल्लामा धान, गहुँ र मकैं किसानलाई लक्ष्ति गरेर धान प्रवर्धन, मकै प्रवर्धन, तरकारी पकेट कार्यक्रमको अनुगमन गरेको छ । किसानहरुले उत्पादन गरेको धान, मकैं र गहुँ सहित मैसमी उत्पादनमा बजारी करणको मुख्य समस्या देखिएकाले त्यसमा यान्त्रिकिकरण गर्ने, व्यवसायीकरण गर्ने र बजारीकरणमा सहयोग गर्ने कार्यक्रम गरेको जनाएको छ ।

जिल्लामा ४३ वटा कृषि र्फम, समूह, सहकारी र किसानलाई अनुदानमा कृषिमा यान्त्रिकिकरण गर्न ट्याक्टर, रिपर, हार्वेस्टर, व्यवसायीकरण गर्नका लागि गोदाम घर निर्माण, भाण्डार कक्ष निर्माण, ढुवानीका लागि गाडी र बजारीकरणमा सहयोग गर्न सुकाउने स्थान निर्माण, कृषि तालिम लगायतका कार्यक्रम प्रदान गरेको जनाएको छ ।

धान, मकैं र सरकारी सहित उत्पादन गर्दा प्रदान गरिएका अनुदानग्राहीहरु कहाँ पुगेर कार्यक्रम कार्यान्वयनको अवस्था, अनुदान प्रणली, विगतमा भएका कार्यक्रमको निरन्तरता वा उपलव्धी र प्रभावकारीताको विषयमा अनुगमन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सिंहले बताउनुभयो । शुक्रबार र शनिवार गरि दुई दिन जिल्लास्थित सरोकारवाला निकायको टोलीले रामधुनी, बराहक्षेत्र, भोक्राहा नरसिंह, देवनागञ्ज लगायत क्षेत्रका लाभग्राहीको खेत, र्फम र कृषि केन्द्रको अनुगमन गरिएको थियो ।

 

 

अनुदानमा प्रभावकारी रुपमा कृषि उत्पादन गरेको पाईएको जनाएको छ । कृषि ज्ञानकेन्द्रले मागमा आधारित कार्यक्रम अन्तर्गत टनेल खेतीका लागि अनुदान प्रदानसंगै कृषि समुह मार्फत सञ्चालित धान तथा मकैं प्रवर्धन कार्यक्रमको प्रभाव, उत्पादनको अवस्था, बजारको अवस्था र कृषकको लागि आवश्यक कार्यक्रमको बारेमा पनि अनुगमन टोलीले संवाद गरेको थियो । अनुगमनमा रमेश कुमार बस्नेत, हाजी इसराईल मंसुरी, सदानन्द मण्डल, रामप्रसाद मेहता,रोहित बहादुर कार्की र विजयकुमार राई सहित जिल्लाका ६ जना निर्वाचित प्रदेश सभा सदस्यहरु रहनुभएको थियो ।

१, कृषि ज्ञान केन्द्र सुनसरीले कृषि कार्यक्रमको अनुगमन गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

Previous Post

कांग्रेस सबैको पार्टी होः सभापति देउवा

Next Post

सार्वजनिक सवारी साधनको भाडादर घट्यो

Next Post
सार्वजनिक सवारी साधनको भाडादर घट्यो

सार्वजनिक सवारी साधनको भाडादर घट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana