इनरूवा । सुनसरीको इनरुवा नगरपालिका ९ नम्बर वडामा नेपाली काग्रेंसका स्थानीय नेता कैयुम मंसुरी सहित २५ जना र नेपाल लोकतान्त्रिक फोरमका नेता जलिल साफी, इब्राहिम साफि सहित १५ जना र जनता समाजवादी पार्टीका रोशन यादव सहित अन्य पार्टीको गरी ५० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्व प्रदेश मन्त्री जिवन आचार्य र जिल्ला संयोजक योगेन्द्र प्रसाद मण्डल सहितको उपस्थितिमा नव प्रवेशीलाई स्वागत गरिएको छ ।
अन्य पार्टीको भन्दा माओवादी जनताको पक्षमा काम गर्ने पार्टी भएकोले आफुहरु माओवादीमा प्रवेश गरेको नवप्रवेशीहरुले जनाएका छन् । नेपाली माओवादी केन्द्रको बिशेष रुपान्तरण अभियान अन्तर्गत इनरुवा ९ को सतैरबबिया टोलको गडन पुलमा छलफल पश्चात काङ्ग्रेस, एमाले र जसपा परित्याग गरि कैयुम मन्सुरी, जलिल साफी, बिधयानन्द शर्मा, रोशन यादव लगायत ५० जना नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेका हुन्
पार्टीको केन्द्रिय सदस्य तथा पूर्व मन्त्री जीवन आचार्यको हातबाट टीका लगाई माओवादी केन्द्रमा प्रवेश भएको पार्टीका इनरुवा नगर अध्यक्ष तोया गिरीले जानकारी दिनुभयो । साथै टोल कमिटी, मधेसी मोर्चा ,दलित मोर्चा अ.ने.म.(क्रान्तिकारी) युवा र विद्यार्थी कमिटी गठन गरिएको जानकारी दिनुभयो । गिरीले सम्पूर्ण नवप्रवेशी नेतागनहरुलाई हार्दिक स्वागत तथा बधाई ज्ञापन समेत गरिएको बताउनुभयो ।