कोशी । सप्तकोशी नदीमा आत्महत्या गर्ने खोजेको एक जना भारतिय महिला उद्धार गरिएको छ ।
मंगलबार अन्दाजी ३:४५ बजेको समयमा सप्तकोशी नदीमा आत्महत्या गर्ने एक जना भारतिय महिलाकाे सकुशल उद्धार गरिएको स्थानीय प्रहरीले जनाएको छ ।कोशी ब्यारेज काे पुर्व नहरबाट हामफालेकी भारत जिल्लाकाे सुपौल बिरपुर बसमतिया बस्ने महानन्द यादव काे श्रीमती अन्दाजी ४० वर्ष कि कोसलिया देवी यादवकाे उद्धार गरिएको हो।
नदीमा हामफालेको अबस्था मा सप्तकोशीमा माछा मर्ने र स्थानीय र प्रहरीको सहयोगमा उनको उद्धार गरिएको थियो। उद्धार गरिएको भारतीय महिलालाई प्रहरी चौकी कोशी ब्यारेजले आफन्त लाई जिम्मा लगाएको जनाइएको छ