इनरूवा । सुनसरी स्थित नेपाल पराेपकारी समाज संस्था कार्तीक १७ गते जाजरकोटमा गएको भुकम्प पिडितहरुलाई सुनसरी बाट राहत सामग्री पहिलाे चरणमा अाज जाजरकोट राहत सामग्रीहरू परोपकारी सामजले पठाएको छ।
परोपकारी समाजले २० घरमा पुग्ने गरी खाने लाउने गरी विभिन्न सामग्रीहरू पहिलाे चरनमा नेपाल परोपकारी समाजको अध्यक्ष सिमान आलमले जानकारी दिइएको हो।
नेपाल परोपकारी समाजले गाँउ ठाउँ तथा स्वदेश तथा विदेशमा बस्नु भएका युवा र भोक्राहा नरसिंह गाउँपालिकाको सहोयोगले उक्त सामग्रीहरू भूकम्प पिडितलाई पठाइएको हो।





