Sunday, November 30, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

माता तिर्थआंैसीमा जेष्ठ आमाहरुलाई सम्मान

माता तिर्थआंैसीमा जेष्ठ आमाहरुलाई सम्मान

by नेपाल टाइमलाइन न्यूज
May 8, 2024
in समाचार
A A
0
माता तिर्थआंैसीमा जेष्ठ आमाहरुलाई सम्मान
8
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका ३ सिखुवागाछीमा माता तिर्थ औसीको अवसरमा जेष्ठ नागरिक आमाहरु सम्मानित हुनुभएको छ । माता सम्मान दिवश तथा मातातीर्थ र्औसीको अवसरमा फिरन्ते समूह इनरुवा ३ ले ५० बढी आमालाई सम्मान गरेको हो । फिरन्ते समूहले आमा स्व.चन्द्रकला पाठकका छोरा भूभराज पाठक(राम) र आमा स्व. शान्ती गुरुगं भण्डारीको छोरी मायरा भण्डारीको सहयोगमा सम्मान गरेको जनाएको छ । सबै आमाहरु धर्तीमा जन्माएर संसार देखाउनुभएकोले उहाँहरुको सम्मान गर्नुपर्ने हिन्दु संस्कार रहेको भन्दै आफूहरुले ५० बढी आमालाई सम्मान गरेको समूहका राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार समुदायका अग्रज जेष्ठ नागरिक आमाहरुलाई साडी सहितको कपडा र फलफुल सहितले सम्मान गरिएको हो । आमाको स्मृतिमा सामूहिक आमा सम्मान तथा मुख हेर्ने कार्यक्रममा आमाहरुलाई सम्मान सहित खुसी पार्ने प्रयास गरेको समूहका अध्यक्ष इन्द्र सुवेदीले जानकारी दिनुभयो । कार्यक्रममा गोमा पोखरेल, लक्ष्मी भुजेल, तारा पोखरेल, सिता आचार्य, राधा आचार्य, डम्बरकुमारी सुवेदी, बुलन्ती मण्डल, यसोदा अधिकारी, पुण्यकुमारी पोखरेल, चन्द्रकला भट्टराई सहितका ५० जनाबढी ज्येष्ठ आमाहरुलाई सम्मान गरेको समूहका चन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । सम्मानित आमाहरुलाई अथिति भुपाल तिम्सिना, अधिवक्ता रमेश तिम्सिना, पत्रकार राजेन्द्र पोखरेल, राजन निरौला, सरिता कार्की, विनिता दाहाल, सुधा तिम्सिना सहितले सम्मान गर्नुभएको थियो । समूहले ज्येष्ठ नागरिक आमाहरुलाई सारी हस्तान्तरण तथा फलफुल भोजन गराइएको जनाएको छ ।

मातातीर्थ औंसीको अवसर पारेर ज्येष्ठ आमा सम्मान कार्यक्रम गरिएको आयोजक समूहका अध्यक्ष इन्द्र सुवेदीले जानकारी दिनुभयो । वत्ताहरुले आफ्ना आमाबाबुलाई घरमैं माया तथा सम्मान साथ राख्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा बोल्दै वत्ताहरुले जेष्ठ नागरीकहरुको भरणपोषणको जिम्मा राज्यले लिनुपर्ने, ज्येष्ठ नागरीकहरुको सम्मानगर्दै समाज रुपान्तरणको अभियानमा सबै जुट्नुपर्नेमा जोड दिएका थिए ।

१, सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ३ सखुवागाछीमा ज्येष्ठ आमाहरुलाई सम्मान गर्दै ।

तस्विर ः जयकृष्ण यादव । इनरुवा

Previous Post

नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी अधिवक्ता सुरज सेजुवाललाई

Next Post

इनरुवाको गाउँटोलमा पनि बाल क्लव गठन  

Next Post
इनरुवाको गाउँटोलमा पनि बाल क्लव गठन  

इनरुवाको गाउँटोलमा पनि बाल क्लव गठन  

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana