इनरुवा । सप्तरी र सुनसरीको बीचमा पर्ने कोसी व्यारेजको ३४–३६ नम्वर ढोकाको बीचमा सप्तकोसी नदीमा बस खसेको छ ।
बिराटनगरबाट गाईघाट जादै गरेको को १ ख ४६०१ नम्वर बस कोसी ब्यारेज स्थित सप्तकोसी नदीमा खसेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
बसमा सबार सबै जनाको सकुशल उद्धार भएको उहाँले जानकारी दिनुभयो । केही घाईते भएकालाई थप उपचारका लागि अस्पताल पठाइएको उहाँले बताउनुभयो । यस बिषयमा थप बिवरण अउन बाँकी रहेको छ ।