इनरुवा । सुनसरी कोशी गाउँपालिका वडा नं १ पुरी टोलमा भारतबाट नेपालतर्फ आउँदै गरेका एक युवक लागु औषधी सहित पक्राउ परेका छन ।
सशस्त्र प्रहरी बल, बिओपी लौकहीबाट सशस्त्र प्रहरी निरीक्षक कविराज गिरीको कमाण्डमा खटिएको टोलीले बराहक्षेत्र नगरपालिका–७ निवासी २३ वर्षीय सन्दीप परियारलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिनुभयो ।
जम्मा १५ थान (३० म ल ) लागु औषधी बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका परियारलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय,लौकहीमा बुझाइएको छ ।
परियारको साथबाट निम्न परिमाणका प्रतिबन्धित लागु औषधी फेला परेका छन् ।
1. Promethozine Hydrochloride Injection – 4 थान (8 ml)
2. Diazepam Injection – 4 थान (8 ml)
3. Pheniramine Maleate Injection – 3 थान (6 ml)
4. Avil Injection – 4 थान (8 ml)






