विराटनगर । पुष्पालाल चौकमा अवस्थित पाथीभरा ड्राइभिङ स्कुलले पछिल्ला वर्षहरूमा सेवाग्राहीको अत्यधिक मन जित्न सफल भएको छ। आठ वर्षदेखि निरन्तर दुईपांग्रे र चारपांग्रे सवारीसाधन सिकाउने यस स्कुलले उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै आएको छ।
स्कुलका सञ्चालक सदस्य धीरज अधिकारीका अनुसार वार्षिक चार-पाँच हजार व्यक्तिले यहाँ सवारीसाधन सिक्ने गरेका छन्। यो क्षेत्रमा प्रतिस्पर्धा धेरै भए पनि सेवामा अपनाएको फरक र उत्कृष्ट दृष्टिकोणका कारण पाथीभरा ड्राइभिङ स्कुलले ग्राहकहरूको विश्वास जित्न सक्षम भएको छ।
ग्राहकहरूले यहाँको शिक्षण विधिलाई निकै प्रशंसा गरेका छन्। एक सेवाग्राहीले भने, “यहाँका प्रशिक्षक शान्त स्वभावका हुनुहुन्छ। उहाँहरूले सहज र बोधगम्य तरिकाले सवारीसाधन सिकाउनुभएको कारण पहिलो प्रयासमै अनुमतिपत्र प्राप्त गर्न सफल भएँ।”
पाथीभरा ड्राइभिङ स्कुलको सेवा दिनदिनै लोकप्रिय बन्दै गएको छ। प्रत्यक्ष र अप्रत्यक्ष रूपमा यसले थुप्रैलाई रोजगारीको अवसर सिर्जना गरेको छ। विदेश जाने सोच बनाएका युवालाई देशमै केही गर्ने प्रेरणा प्रदान गर्ने यो संस्थाले व्यवसायिक क्षेत्रमा समेत उदाहरणीय योगदान दिइरहेको छ।
ग्राहकहरूको बढ्दो आकर्षणले पाथीभरा ड्राइभिङ स्कुलले ड्राइभिङ सिक्ने इच्छुक व्यक्तिका लागि पहिलो रोजाइ बन्नसफल भएको छ।






