इनरुवा । विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले सुनसरी जिल्लाको हरिनगरा गाउँपालिका–७ यादव टोलस्थित भित्री सडक खण्डबाट १०७.८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय देवानगंज र प्रचौ घुस्कीहाटबाट खटिएको संयुक्त टोलीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार वटा बोरामा लुकाएर ल्याइएको लागू औषध गाँजासहित अटो चालक देवानगंज गाउँपालिका–२ का २० वर्षीय आलम अन्सारी र सहचालक ४४ वर्षीय मन्जुल मियालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले लागू औषध गाँजा, अटो, र दुबै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको लागू औषध ओसारपसारमा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका नायब उपरीक्षक राम प्रसाद तिमल्सिनाले जानकारी दिनु भयो ।





