इनरुवा । कोशी प्रदेश, बुधबार नेपाल मुस्लिम संघ कोशी प्रदेश कार्यसमितिको पदस्थापन कार्यक्रममा कोशी प्रदेश सभा सदस्य तथा संघका सभापति इस्राइल मंसुरीले अनुशासनहीन र निष्क्रिय पदाधिकारीहरूलाई कारबाहीस्वरूप पद त्याग्न चेतावनी दिएका छन्।
मंसुरीले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा भने, “संस्था केवल आसन र भाषणका लागि होइन, जिम्मेवारी र सेवाको लागि हो। अनुशासनको पालना नगर्ने सदस्यहरूले पद त्याग्नुपर्छ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व उपसभापति विजयकुमार गजदार प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले संघलाई अझ सशक्त र प्रभावकारी बनाउने दिशामा अनुशासनको आवश्यकता रहेकोमा जोड दिएका थिए।
मंसुरीले संगठनलाई व्यवस्थित र जिम्मेवार बनाउन अनुशासनलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरेका छन्।





