Monday, March 9, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सशस्त्र प्रहरीले देवानगञ्जबाट ३१ किलो गाँजा बरामद, तस्कर फरार

क्रममा सशस्त्र प्रहरीको टोलीले ३१ किलो गाँजा नियन्त्रणमा

by नेपाल टाइमलाइन न्यूज
December 28, 2024
in समाचार
A A
0
सशस्त्र प्रहरीले देवानगञ्जबाट ३१ किलो गाँजा बरामद, तस्कर फरार
12
SHARES
Share on FacebookShare on Twitter

सुनसरी ।  सशस्त्र प्रहरीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ पाँचोसिमर क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। भारततर्फ तस्करी गर्ने क्रममा सशस्त्र प्रहरीको टोलीले ३१ किलो गाँजा नियन्त्रणमा लिएको हो।

 

सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट (बीओपी) कप्तानगञ्जको नियमित गस्तीका क्रममा तस्करहरूले गाँजाको बोरा छोडेर भागेपछि उक्त गाँजा बरामद गरिएको हो।

 

सशस्त्र प्रहरी बल ४ नम्बर गण हेडक्वार्टर, सुनसरीका अनुसार तस्करीमा संलग्न व्यक्ति फरार रहेका छन्। प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि तस्करीमा संलग्नको पहिचान गरी पक्राउको प्रयास जारी राखेको छ।

नेपाल–भारत खुला सिमानाका कारण देवानगञ्ज क्षेत्र तस्करीका लागि सहज मार्ग बन्ने गरेको प्रहरी स्रोतले जनाएको छ। अवैध तस्करी रोक्न सशस्त्र प्रहरीले सीमा क्षेत्रमा विशेष निगरानी अभियान सञ्चालन गर्दै आएको छ। तर, सीमामा जनशक्ति र स्रोत–साधनको अभावले तस्करी रोक्न थप चुनौती भएको सशस्त्र प्रहरी नायव उपरीक्षक बिरेन्द्र खनालले जानकारी दिए।

गाँजा तस्करी रोक्न स्थानीयवासीको सहकार्य आवश्यक रहेको प्रहरीको भनाइ छ। “स्थानीयले सूचना दिएमा प्रहरीको अभियान अझ प्रभावकारी हुनेछ,” नायव उपरीक्षक खनालले भने।

 

बरामद गरिएको गाँजाको बजार मूल्य लाखौँ रुपैयाँ पर्ने अनुमान गरिएको छ। तस्करी नियन्त्रणका लागि प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी अझ कडा बनाएको छ।

 

Previous Post

संघका सभापति इस्राइल मंसुरीले अनुशासनहीन र निष्क्रिय पदाधिकारीहरूलाई पद त्याग्न चेतावनी

Next Post

दक्षिण कोरियामा जेजु एयरको विमान दुर्घटना, ४७ जनाको मृत्यु

Next Post
दक्षिण कोरियामा जेजु एयरको विमान दुर्घटना, ४७ जनाको मृत्यु

दक्षिण कोरियामा जेजु एयरको विमान दुर्घटना, ४७ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana