विराटनगर । धरान उपमहानगरपालिका वडा नं. ४ मा रहेको श्री ज्योति आधारभूत विद्यालयलाई जियाउल हक मेमोरियल ट्रस्ट च्यारेटीले चौथो वार्षिक अवसरको अवसरमा फोम र कार्पेट वितरण गरेको छ।
आज विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा ट्रस्टका अध्यक्ष डा. खालिद हक हुसैनले विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा विशिष्ट अतिथि वडा अध्यक्ष गणेश प्रसाद खतिवडा, धन राईलगायत अतिथिहरुको उपस्थिति रहेको थियो।
विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुले ट्रस्टका सम्पूर्ण पदाधिकारीहरुलाई स्वागत तथा सम्मान

गरेका थिए। ट्रस्टका अध्यक्ष डा. हुसैनले विद्यालयलाई थप आवश्यक परेमा सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन्।
हनुमान प्रसाद अग्रवालको स्मृतिमा जियाउल हक मेमोरियल ट्रस्ट च्यारेटीले उक्त सहयोग प्रदान गरेको हो।





