विराटनगर । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको प्रमुख आतिथ्यमा प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिता २०८१ को भव्य उद्घाटन गरिएको छ।
सो उद्घाटन समारोहमा मन्त्री मण्डलले खेलकुदले युवा पुस्तालाई सकारात्मक दिशामा डो-याउने भन्दै खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए। प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।
फुटबल प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजक समितिले जनाएको छ। उद्घाटन समारोहमा विभिन्न क्षेत्रका खेलप्रेमी, सरकारी अधिकारी, खेल प्रशिक्षक तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।





