Sunday, December 7, 2025
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

दुर्व्यसन विरुद्धको अभियान Fight Against Narcotics (FAN) कार्यक्रमको प्रदेश स्तरीय अभियान शुभारम्भ

दुर्व्यसन विरुद्धको अभियान Fight Against Narcotics (FAN) कार्यक्रमको प्रदेश स्तरीय अभियान शुभारम्भ

by नेपाल टाइमलाइन न्यूज
March 12, 2025
in समाचार
A A
0
दुर्व्यसन विरुद्धको अभियान Fight Against Narcotics (FAN) कार्यक्रमको प्रदेश स्तरीय अभियान शुभारम्भ
9
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । अवको युद्ध दुर्व्यसन विरुद्ध” भन्ने नाराका साथ दुर्व्यसन विरुद्धको अभियान Fight Against Narcotics (FAN) कार्यक्रमको प्रदेश स्तरीय अभियान शुभारम्भ भएको छ । फागुन २८ गते सुनसरीको इटहरी उप-महानगरपालिका-६ स्थित म्याजिक स्टेण्डमा आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा भएको कार्यक्रम कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी बैण्ड सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, पुर्व प्रहरी संगठन, बिभिन्न बिद्यालय, संघ-संस्था, नागरिक समाज, संचारकर्मी तथा स्थानीय वासीहरुको सहभागीतामा लागूऔषध विरुद्धका जनचेतनामुलक प्लेकार्ड सहित प्रभातफेरी र्‍याली निकाली कार्यक्रमको शुभारम्भ भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दुर्व्यसन विरुद्धको अभियान “FAN” लाई कम्प्युटरको माध्यमबाट डिजिटल बटम थिचेर कोशी प्रदेशका १४ वटै जिल्लामा एकै साथ शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिले लागूऔषधको दुर्व्यसनले हाम्रो समाजलाई पछाडि धकेली रहेको बताउदै आजबाट सुरु भएको लागूऔषध विरुद्धको अभियानलाई सफल बनाउन तीनै तहको सरकार, सुरक्षा निकाय, दुर्व्यवसन विरुद्धका अभियन्ताहरु सवै मिलि सहकार्य र हातेमालो गरी अगाडि बढेमा दुर्व्यसन मुक्त समाज निर्माण गर्न सकिने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथिले FAN अभियान अन्तरगत गठन भएका FAN क्लवका पदाधिकारीहरुलाई FAN अभियानको टि-सर्ट बितरण गर्नु भएको थियो ।

यसैगरी लागूऔषध दुर्व्यसन विरुद्ध विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन तथा जनचेतना अभिबृद्धि गर्ने कार्यमा सकृय रहेका FAN लगायत बिभिन्न बिद्यालय तथा संघ संथामा आवद्ध महानुभावहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गर्नु भएको थियो भने अभियानका परिकल्पनाकार तथा २०७४ साल जेष्ठ ७ गते तत्कालीन जिल्ला प्रहरी प्रमुख हुँदा सुनसरी जिल्लाबाट सुरुवात भएको लागूऔषध दुर्व्यसन विरुद्धको FAN अभियानलाई यसै कार्यक्रम मार्फत कोशी प्रदेशका १४ वटै जिल्लामा विस्तार भईरहेको सुखद अवसरमा परिकल्पनाकार हाल कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीलाई वहाँको अतुलनिय सकृयताको उच्च सम्मान गर्दै FAN जिल्ला कार्य सम्पादन समितिको तर्फबाट प्रदान गरिएको सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा FAN का परिकल्पनाकार कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले बिशेष गरी किशोर अवस्थाका बालबालिकाहरु साथी भाईको दवाव, ठूलाबडाको सिको, आफ्नो जिज्ञासा, भ्रम वा अज्ञानताको कारण लागूऔषधको दुर्व्यवसनमा फस्ने उच्च जोखिम रहेको बताउनु हुँदै अवको युद्ध दुर्व्यसन विरुद्ध भन्ने नारालाई आत्मसाथ गर्दै सबै एक जुट भई अगाडि बढ्न आह्वान गर्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले धन्यवाद ज्ञापन गर्नु हुदै यो कार्यक्रमलाई यतिमै सिमित नराखी आगामी आर्थिक बर्षमा थप बजेट तथा नीति कार्यक्रमका साथ लागूऔषध दुर्व्यवसनको बढ्दो दरलाई घटाउन सचेतनामुलक कार्यक्रमहरु सहितको आयोजना बनाई अगाडि बढ्ने बताउनु भयो ।

कार्यक्रममा इटहरी उप-महानगर पालिकाका प्रमुख हेमकर्ण पौडेल, तत्कालिन सुनसरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी FAN का पुर्व संरक्षक ध्रुव बहादुर खडका, FAN जिल्ला कार्य समिति सुनसरीकी बिमला ढकाल, लागूऔषध दुर्व्यसन विरुद्ध सक्रिय मनोज सुवेदी, FAN CLUB का पुर्व बिद्यार्थी रंजु दाहालले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रहरी कर्मचारीहरुले “जागौं सबै जागौं, लागौं सवै लागौं दुर्व्यवसनको विरुद्धमा” भन्ने गितको बोलमा लागू औषध दुर्व्यसन विरुद्ध सचेतनामुलक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेशका माननीय सामाजिक विकाश मन्त्री पाँचकर्ण राई, माननीय पर्यटन तथा वन मन्त्री सदानन्द मण्डल, कोशी प्रदेश सभा सदस्यहरु, बिभिन्न मन्त्रालयका सचिवहरु, प्रमुख जिल्ला अधिकारीहरु, प्रदेश तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न पालिकाका प्रमुख तथा उप-प्रमुखहरु, विभिन्न सुधार केन्द्रका प्रमुख तथा प्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरु, नागरिक समाज, बुद्धिजिवि, बिभिन्न बिद्यालयका शिक्षक एवं बिद्यार्थीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Previous Post

कोशी प्रदेश पर्यटन वर्ष २०८२: नीतिगत अन्तरक्रिया कार्यक्रम सम्पन्न

Next Post

पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलद्वारा फागु पूर्णिमाको शुभकामना

Next Post
पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलद्वारा फागु पूर्णिमाको शुभकामना

पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलद्वारा फागु पूर्णिमाको शुभकामना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

सिंहदरबार सरुवा अस्वीकार, रमाना नलिई विराटनगरमै अटेरी सचिवको गाडी चाबी खोसिनुको कारण यस्तो?

by नेपाल टाइमलाइन न्यूज
September 1, 2025
0

स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकनमा भोक्राहा नरसिंह दाेस्राे

LISA मूल्याङ्कनमा ८०.५० अंकसहित भोक्राहा नरसिंह गाउँपालिका सुनसरीकै उत्कृष्ट गाउँपालिका

by नेपाल टाइमलाइन न्यूज
August 24, 2025
0

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

समाचारको प्रभावले जिल्ला अस्पतालको रातारात निर्णय, रोकिएको परीक्षा मिति सार्वजनिक

by नेपाल टाइमलाइन न्यूज
August 13, 2025
0

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

जिल्ला अस्पताल सुनसरी पुनः पुरानै परामा, सुधारयात्रा धराशायी बन्दै– अध्यक्षमाथि हस्तक्षेपको आरोप, मेसुको भूमिकामाथि प्रश्न?

by नेपाल टाइमलाइन न्यूज
August 12, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana