Tuesday, March 10, 2026
NepalTimelineNews
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद
No Result
View All Result
NepalTimelineNews

सहकारीले फेरेको जीवन : जो जिरोबाट हिरो बने

सहकारीले फेरेको जीवन : जो जिरोबाट हिरो बने

by नेपाल टाइमलाइन न्यूज
June 19, 2025
in समाचार
A A
0
सहकारीले फेरेको जीवन : जो जिरोबाट हिरो बने
10
SHARES
Share on FacebookShare on Twitter

झापा । सहकार्य अर्थात सहकारिताले आपसमा मिलेर काम गरौं भन्ने भावना जगाउँछ । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भई व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समुन्नतिको लागि गरिने एकताबद्ध प्रयास नै सहकारी हो ।

पछिल्ला दिनहरुमा सहकारीका माध्यमबाट स्वावलम्बि बन्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । झापा गौरादहका बाघविर राईले गौरादहकै एक सहकारीबाट केहि कर्जा लिए र उनले तालिम समेत पाए । उनले सहकारीबाट लिएको कर्जालाई कृषि क्षेत्रमा लगाए र राम्रो प्रतिफल पनि पाए । उनले आफ्ना छोराछोरी पढाउन शैक्षिक कर्जा पनि लिए । उनले आफ्नो छोरीलाई सहकारीबाटै शैक्षिक कर्जा लिएर बिएस्सी नर्सिङ्ग पढाए ।

उनले क्रमश गरेर ऋण चुक्ता गरे । बाघबिर राईजस्तै गौरादहकै जयप्रसाद चुडालले पनि एक सहकारीबाट कर्जा लिएर कृषि र पशुपालन क्षेत्रमा लगानी गरे । जहाबाट उनले राम्रै प्रतिफल पाएको उनी सुनाउँछन् । पहिला आफ्नो जग्गा अर्कैलाई ठेक्कामा दिएका उनले पछि त्यो जग्गामा पशुपालन र कृषिलाई प्राथमिकतामा राखेर काम गरेर आफू सफलतामा पुगेको अनुभव उनले समाचार दैनिकलाई सुनाए ।

उल्लेखित पात्रहरु उदाहरणका पात्र मात्र हुन् । यसरी सहकारीको माध्यमबाट नै आफ्नो जीवनस्तर उक्सिएका धेरै नागरिक छन् । उनीहरु भन्छन्–‘सहकारी संस्था भनेको ‘‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’’ भनेजस्तै हो ।’ सहकारी सहकार्यात्मक कार्य सस्ंकृतिको आधार हो ।

व्यक्तिहरूका साझा लक्ष्य भेटाउने बाटो वा गोरेटो हो । समुदायका व्यक्तिका आकांक्षा र आवश्यकता मेटाउने साधन हो । पारस्परिक रूपमा हित प्रवद्र्धनका लागि एक आपसमा जुट्ने माध्यम हो । सहकारीको सिद्धान्त अनुसार पूँजी लगानी गर्ने सबै सदस्यहरू मालिक हुन पाउने संयन्त्र हो । सहकारीमा आवद्ध सबै सदस्यहरूको सामूहिक लाभका लागि सदस्यहरूमार्फत रचनात्मक र सिर्जनात्मक कार्य गराउने मेलो हो ।

सीमित तथा न्यून पूँजी हुने व्यक्तिहरूलाई पनि केही न केही नविन कार्य गर्न उत्प्रेरित गर्ने उत्प्रेरक थलो हो । सदस्यहरूको अग्रसरता र स्वामित्वमा स्थापना हुने सदस्यहरूकै रेखदेखमा सञ्चालन हुने तथा आर्जित लाभको उपभोग पनि सदस्यहरूले नै सदस्य केन्द्रित एवम् प्रजातान्त्रिक कार्य संस्कार सहितको संरचना हो ।

तर, पछिल्ला दिनहरुमा च्याउसरी उम्रिएका सहकारी सेवामुखी भन्दापनि नाफामुखी बन्न थालेपछि वास्तबिक केहि गरौं भनेर लागिपरेका सहकारीहरुलाई समेत अफ्ठ्यारो परेको दमक ९ मा रहेको सेतुमारी कृषि सहकारी संस्थाका व्यवस्थापक दिपक खनालको बुझाइ छ ।

सहकारी संस्थाहरु गरिबी निवारणको सारथी बनिरहेका समयमा कतै सहकारीले आफ्ना सदस्यबाट करोडौं रकम उठाएर भागेका घटनाले अन्य सहकारीहरु मकैमा घुन पिसिएझै पिसिनुपरेको गौरादह १ मा रहेको शुभलक्ष्मी सहकारी संस्थाका अध्यक्ष फणिन्द्रराज दाहाल बताउँछन् ।

 

 

Previous Post

सुनसरी–४ मा ६७ करोड ८१ लाखको विकास बजेट स्वीकृत, सांसद कार्की र मन्सुरीको सक्रियतामा १७ ठूला योजना कार्यान्वयनमा

Next Post

कोशी प्रदेशस्तरीय बांग्ला समाजको बैठक नेपाल वि.संघ केन्द्रीय सदस्य कुन्दन मण्डल प्रमुख अतिथिमा सम्पन्न

Next Post
कोशी प्रदेशस्तरीय बांग्ला समाजको बैठक नेपाल वि.संघ केन्द्रीय सदस्य कुन्दन मण्डल प्रमुख अतिथिमा सम्पन्न

कोशी प्रदेशस्तरीय बांग्ला समाजको बैठक नेपाल वि.संघ केन्द्रीय सदस्य कुन्दन मण्डल प्रमुख अतिथिमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

Nepal political figures Rabi Lamichhane and Balen Shah meet amid unity signals

by नेपाल टाइमलाइन न्यूज
December 23, 2025
0

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

Protest in Siraha Against Violence on Hindu Community in Bangladesh, Highway Blocked

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

वैदेशिक रोजगारीका लागि जाने श्रमिकले अब फोनबाटै सबै जानकारी पाउने

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

कतारलाई हात्ती उपहार: अनावश्यक गुनासोभन्दा सम्मान आवश्यक

by नेपाल टाइमलाइन न्यूज
December 21, 2025
0

सम्पर्क

भाेक्राहा नेटकवर्क प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय : भोक्राहा नरसिंह गाउँपालिका ७, सुनसरी
मोबाइल : ९८२५०१०१३६, ९७४६८५५१६२
इमेल : nepaltimelinenewsinfo@gmail.com

हाम्रो टिम

अध्यक्ष : राम चन्द्र प्रसाद यादव
सम्पादक : पप्पु यादव
प्रमुख संवाददाता : रविन्द्र कुमार यादव
संवाददाता : जयकिशाेर कुमार यादव
व्यवस्थापक :

दर्ता विवरण

प्रेस काउन्सिल सूचीकरण नम्वर : ……./२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३८०९/२०७९/०८०

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • स्थानीय समाचार
  • समाचार
  • मुख्य खबर
  • चुनावी समाचार
  • मनाेरञ्जन
  • विश्व
  • खेलकुद

© Bhokraha Broadcasting Network Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana